उपत्यकामा ८ सहित थप ३३१ जना सङ्क्रमित, कुल आठ हजार ६०५

Machchapuchchre

  अर्थ राजनिती ~ नेपालमा थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित आठ हजार ६०५  पुगेको छ ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

थप १७८ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक हजार ५८८ निकाे भएका छन् ।

रेड जाेनमा ५०६ जना पुगेकाे छ । आज तीनजना रेड जाेनमा परेका छन् । पछिल्लो २४ घण्टामा सात हजार ४१६ नमुनाको पीसीआर टेस्टमा पुष्टि भएको हाे ।

काठमाडाैं उपत्यकामा ८ जना महिला सङ्क्रमित

काठमाडाैँमा थप एक महिला सङ्क्रमित भएका छन् । भक्तपुरमा सातजना महिलालाई पनि कोरोना भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्