कोरोनाले रेकर्ड तोड्दै; विश्व स्वास्थ्य संगठन भन्छ: स्थित भयावह, खतरनाक, र त्रासदीपूर्ण चरणमा

Machchapuchchre

अर्थ राजनीति ~ विश्वभर कोरोना भाइरसको महामारी झन् खतरनाक बनेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एकै दिन यति धेरै संक्रमित थपिन थालेपछि स्थित भयावह रहेको भन्दै खतरनाक अवस्थाबारे जानकारी दिएको हो ।

अमेरिकामा संक्रमित संख्या २२ लाख ९६ हजार पुगेको छ । त्यहाँ एक लाख २१ हजारको संक्रमणबाट मृत्यु भएको छ ।

ब्राजिलमा संक्रमित संख्या १० लाख कटेको छ । जसमध्ये ४९ हजारको मृत्यु भएको छ ।

रुसमा ५ लाख ६९ हजार संक्रमितमध्ये ७ हजार ८ सयको मृत्यु भएको । भारतमा ३ लाख ९५ हजार संक्रमित हुँदा १२ हजार ९ सयको मृत्यु भएको छ ।

सँसारभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आडानोम गेब्रिसेसले विश्व नयाँ र त्रासदीपूर्ण चरणमा रहेको औल्याएका छन् । उनले शुक्रबार भने, विश्व नयाँ र भयावह चरणमा छ । अवस्थाको अवस्था झनै डरलाग्दो हुनेतर्फ सचेत गराए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्