शनिबार एका बिहानै ५८ जनामा मा कोरोना पुष्टि

Machchapuchchre

अर्थ राजनीति ~ गण्डकी प्रदेशमा शनिबार बिहान ५८ मा कोरोना पुष्टि भएको छ। तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका ५८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश रामपुर पोखराले आज विहान जारी गरेको विज्ञप्ति अनुसार तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बागलुङमा ८ जना कोरोना संक्रमित थपिएका हुन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ।

संक्रमितहरु मध्ये एक बालिका बाहेक सबै पुरुषहरु रहेका छन । एक बर्षे बालकसहित४५ बर्षसम्मकालाई आज कारोना पुष्टि भएको हो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्