राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न नपाइने, विवाह, व्रतबन्धमा १५ जना मात्रै भेला हुन पाइने

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थित गर्ने सम्बन्धि मापदण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाइएको छ ।

गृहमन्त्रालयले जारी गरेको मापदण्डमा अत्यावश्यक काम बाहेक रातको उक्त समयमा हिँड्न नपाइने भएको छ । हिँडडुलमा पूर्णतः निषेश गर्ने मापदण्डमा उल्लेख छ ।

कोभिड–१९ को जोखिम उच्च रहेको अवस्थामा विवाह, व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजा पाठलगायतका सामाजिक तथा सांस्कृतिक कार्यक्रम गर्नैपर्ने अवस्थामा सामाजिक दूरी कायम गरी गर्ने र गराउने र यस प्रकारका जमघटमा १५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने उल्लेख छ ।

त्यसैगरी मापदण्डमा जेष्ठ नागरिक, दीर्घरोगी, सुत्केरी, गर्भवती महिला, १० वर्षभन्दा कम उमेरका बालबालिका र असक्तलाई अत्यावश्यक र स्वासथ्य प्रयोजनमा बाहेक आफ्नै घरमा रहन भनिएको छ ।

उत्पादनमूलक क्रियाकलाप, उद्योग कलकारखाना, भौतिक पूर्वाधार निर्माण, विकास निर्माण जस्ता क्रियाकलाप सञ्चालन गर्दा गराउँदा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी व्यक्ति जम्मा हुन नपाउने व्यवस्था गरिएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्