अर्थमंत्री र गभर्नरको सम्बन्ध कहिँ पनि राम्रो हुन्न, अर्थमन्त्रालयले भनेको केन्द्रीय बैंकले एक कानले सुन्ने अर्को कानले उदाई दिने गर्नु पर्छ: डा. चिरंजीबी नेपाल (भीडियो)

अर्थ राजनीति ~ निबर्तमान गभर्नर डा. चिरंजीबी नेपालले आफ्नो कार्यकालमा धेरैनै सुधारका कामहरु भएको दाबि गर्दै, आफु रास्ट्र बैंक छिर्दा १३०० सय अर्ब लगानी रहेकोमा आफुले छोडदा ३२०० सय अर्ब पुगेको, वित्तीय पहुच मा उल्लेखीय ब्रिदी भएको, समस्याग्रस्त संस्थाहरुको समस्याको समाधान गरीएको र पुजी बृद्दीको निर्णय उचित भएको साथै अहिलेको अवस्थामा यो निर्णय अझ प्रभावकारी […]

उपत्यकामा ३० सहित थप २९३ संक्रमित, कुल १५ हजार ७८४

अर्थ राजनीति ~  असार २१ गते । पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमित पुष्टि भएकाे छन् । योसँगै कुल संक्रमित १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । यस्तै काठमाडौं उपत्यकामा संक्रमित संख्या ३० पुगेको छ । काठमाडौं जिल्लामा २७, ललितपुरमा दुई […]

अब नेकपा एक रहने सम्भावना निकै झिनो…

अर्थ राजनीति ~ अब नेपाल कम्युनिस्ट पार्टी फुट्नबाट जोगिने एउटै उपाय बाँकी छ कि त प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने कि त उनको राजीनामा माग्नेहरुले राजीनामा नमाग्ने । तर, दुवै सम्भावना क्षीण रहेकाले नेकपा फुटको नजिक पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर कित्ताकाट गरेर आउन भनेका छन् । उनले […]

थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, २७२ जना डिस्चार्ज

अर्थ राजनीति ~  पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज […]

मौसम: आज देशै भरि सामान्य बदली रही मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

अर्थ राजनति ~  आज देश भरि सामान्य बदली रही सातवटै  प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसबीच आज राति सबै प्रदेशमा सामान्य बदली रही धेरै […]

कोरोना कहर: विश्वभर पाँच लाख २९ हजार ६३ को मृत्यु, एक करोड ११ लाख ८९ हजार बढी संक्रमित

अर्थ राजनीति ~  हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड ११ लाख ८९ हजार ३२५ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ६२ लाख ९७ हजार १५० जना भने उपचारपछि निको भएका छन् भने  विश्वभर पाँच लाख २९ हजार ६३ जनाको मृत्यु भएको छ । अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा […]

थप ७४० सहित कुल सङ्क्रमित १५ हजार नाघ्याे, कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

अर्थ राजनीति ~  कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा चार हजार ४८३ वटा नमूना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ३५ हजार ४७२ रहेका छन् । आइसोलेसनमा […]

अर्थ राजनीति ~   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बिहीबारको बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद सुल्झाउने जिम्मेवारी पार्टीका दुई जना अध्यक्षलाई दिएको छ । निर्धारित कार्यसूचीभन्दा बाहिर बहस केन्द्रित हुुँदै विवाद बढ्न थालेपछि बैठकले यो जिम्मेवारी दिएको हो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आन्तरिक विवादका कारण एकता नै गम्भीर मोडमा पुगेको हुनाले यस विषयमा दुई जना […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१, संक्रमित ४७३ थपिए

अर्थ राजनीति ~ कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १४ हजार  ५१९  पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३  जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । जसमध्ये १०९   महिला र  ३६४  पुरुष रहेका छन् । विगत २४ घण्टामा चारहजार ५३७ काेराेना परीक्षण भएको छ । अहिलेसम्म […]

पार्टी एकतामा गम्भीर संकट देखा पर्यो: नारायणकाजी श्रेष्ठ

अर्थ राजनीति ~ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा यतिवेला गम्भीर संकट देखा परेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा प्रवक्ता श्रेष्ठले यस्तो जनाएका हुन् । उनले पत्रकारहरुसँग कुरा गर्दै भने,’अहिले पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन […]