अब नेकपा एक रहने सम्भावना निकै झिनो…

Machchapuchchre

अर्थ राजनीति ~ अब नेपाल कम्युनिस्ट पार्टी फुट्नबाट जोगिने एउटै उपाय बाँकी छ कि त प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने कि त उनको राजीनामा माग्नेहरुले राजीनामा नमाग्ने । तर, दुवै सम्भावना क्षीण रहेकाले नेकपा फुटको नजिक पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर कित्ताकाट गरेर आउन भनेका छन् । उनले पार्टी फुटबाट जोगाउने सम्भावना निकै कम रहेको भन्दै को कता लाग्ने हो स्पष्ट हुन भने । उनले कडा कदमको तयारीबारे समेत जानकारी गराए ।ओलीले मन्त्रिहरुलाई ब्रिफिङ गर्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भन्नुभयो, ‘म र राष्ट्रपतिविरुद्ध ठूलै षडयन्त्र भयो । अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्छु सकिएन भने अलग हुन्छ । त्यसमा तपाईंहरुको सहयोग र साथ चाहिन्छ ।’

प्रधानमन्त्री र अध्यक्ष दुबैबाट राजीनामा दिन आफूमाथि दबाब दिइएको तर त्यो सम्भव नभएको उहाँले प्रष्ट पारिदिनुभएको थियो ।

राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाहा पाएर संसद अधिवेशन अन्त्य गर्नुपरको भन्दै उहाँले ‘आफ्नै पार्टीका नेताले आफ्नै राष्ट्रपतिलाई हटाउन प्रयास गर्नु, यो कस्तो संगठन हो ?’ भन्दै प्रश्न गर्नुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्