जीन्यूजले नेपालीसँग माफी माग्यो

अर्थ राजनीति ~    नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय टेलिभिजन च्यानल जी न्यूजले क्षमायाचना गरेको छ । नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै जीन्यूजको क्षमायाचना आएको हो । जीन्यूज झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भुलवस केही सामग्रीले कसैको […]

पेट्रोलियम पदार्थको १० दिन भित्रमा दुइ पटक मूल्य वृद्धि

अर्थ राजनीति ~  नेपाल आयल निगमले १० दिन भित्रमा दोस्रो पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । शुक्रबार पुन पेट्रोल,डिजल र मट्टितेलको मूल्य एकरएक रुपैयाँ बढाएको छ। शुक्रबार राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। सरकारले असार १६ गते मात्रै पेट्रोलमा लिटरमै पाँच रुपैयाँ र डिजल […]

बाढीपहिरोले देशभर वितण्डा, दुई दिनमा २६ जनाले ज्यान गुमाए, देशभर ६० जना बेपत्ता

अर्थ राजनीति ~ बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । दुई दिनमा २६ जनाले ज्यान गुमाएका छन् । देशभर ६० जना बेपत्ता छन् । ७१ परिवार विस्थापित भएका छन् भने २६ जना घाइते भएका छन् । जाजरकोट र कास्कीमा सात–सात, लमजुङ, म्याग्दी र सिन्धुपाल्चोकमा तीन–तीन, रुकुम पश्चिममा दुई र गुल्मीमा एकजनाको मृत्यु भएको छ । म्याग्दीमा ३१ र जाजरकोटमा आठजना […]

पार्टी विवादमा अल्झने होइन, जनताको जीवन रक्षामा जुटौंः प्रधानमन्त्री ओली

अर्थ राजनीति ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट कसैले विमुख बन्न पनि नमिल्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना नियन्त्रण सम्बन्धमा बिहीबार गर्नुभएको सम्बोधनमा यस्ताे उल्लेख गुर्नभएको हो । प्रधानमन्त्रीले सम्बोधनमा भन्नुभएको छ, “अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको […]

नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्म स्थगित

अर्थ राजनीति ~  नेकपा स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ । पछिल्लो समय नेकपामा आन्तरिक विवाद सतहमा आए पछि यस अघि पनि बैठक स्थगित हुँदै आएको थियो । आजका लागि भनिएको बैठक पनि अब नबस्ने भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेपालमा दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिने

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक […]

पछिल्लो २४ घण्टामा थपिए मात्रै १०८ जना कोरोना संक्रमित

अर्थ राजनीति ~  नेपालमा कोरोनाभाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक सय आठ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको  सङ्ख्या १६ हजार ५३१ पुगेको छ । बुधबार २४ घण्टामा २५५ जना नयाँ सङ्क्रमित थपिएको थियो । पछिल्लो एक साता यता नेपालमा नयाँ थपिने विरामीको  सङ्ख्या  घट्दै गएको छ । स्वास्थ्य […]

सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन हुने

अर्थ राजनीति ~  सरकारले सार्वजनिक यातायात सुचारु गर्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन पूर्ब सुरक्षा मापदण्ड पुरा गर्नुपर्नेछ । सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाको मापदण्ड पुरा गरेर सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले ट्याक्सीमा बढीमा दुई र […]

सिन्धुपाल्चोकमा बाढीको बितण्डा १४ घर बगाई सक्यो, २ दर्जन बढी बेपत्ता

अर्थ राजनीति ~ हिजो राति अविरल परेको वर्षाका कारण घरपरिवार गुमाएकाहरूको अहिलेसम्म उद्धार हुन सकेको छैन । बाह्रबिसे नगरपालिका ५ जम्बुमा एल्मो खोलाको बाढी बगाउँदा १४ घर बगाएको छ भने १९ जना बेपत्ता भएका छन् । यस्तै हिजो राति नै परेको वर्षाले भोटेकोशी गाउँपालिका खहले खोलाको बाढीले बुलकुटे बस्तीका दुई घर बगाएको छ भने चार […]

आजदेखि चार दिनसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अर्थ राजनीति ~ आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तरर्गतको  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको हो । प्राधिकरणका अनुसार आजदेखि आइतबारसम्म प्रदेश १, २, […]