पछिल्लो २४ घण्टामा थपिए मात्रै १०८ जना कोरोना संक्रमित

Machchapuchchre

अर्थ राजनीति ~  नेपालमा कोरोनाभाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक सय आठ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको  सङ्ख्या १६ हजार ५३१ पुगेको छ । बुधबार २४ घण्टामा २५५ जना नयाँ सङ्क्रमित थपिएको थियो । पछिल्लो एक साता यता नेपालमा नयाँ थपिने विरामीको  सङ्ख्या  घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २४ घण्टामा चार हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म क्वारेन्टाइनमा रहेका विरामीको  सङ्ख्या २४ हजार ४२५ तथा आइसालेशनमा आठ हजार ६०५ जना विरामी रहेका छन् ।

पछिल्लो २४ घण्टामा १३९ जना कोरोना सङ्क्रमितमुक्त भएर घर फर्केका छन् । हालसम्म सात हजार ८९१ जना कोरोनामुक्त भएका छन् । नेपालमा अहिलेसम्म आठ हजार ६४० जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रीय रहेको छ । सबै सङ्क्रमित आइसोलेशनमा छन् ।
दुई लाख ७१ हजार १४५ जनामा कोरोना सङ्क्रमण सम्बन्धी पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्