सिन्धुपाल्चोकमा बाढीको बितण्डा १४ घर बगाई सक्यो, २ दर्जन बढी बेपत्ता

Machchapuchchre

अर्थ राजनीति ~ हिजो राति अविरल परेको वर्षाका कारण घरपरिवार गुमाएकाहरूको अहिलेसम्म उद्धार हुन सकेको छैन । बाह्रबिसे नगरपालिका ५ जम्बुमा एल्मो खोलाको बाढी बगाउँदा १४ घर बगाएको छ भने १९ जना बेपत्ता भएका छन् । यस्तै हिजो राति नै परेको वर्षाले भोटेकोशी गाउँपालिका खहले खोलाको बाढीले बुलकुटे बस्तीका दुई घर बगाएको छ भने चार जना बेपत्ता भएका छन् ।
जम्बु र बुलकुटे बाढीमा परेर बेपत्ता हुने र घरबार गुमाउनेको खोजी कार्य र उद्धार हुन नसकेपछि स्थानीयहरू आक्रोसित हुन थालेका छन् । बाढी पीडितहरूको यतिखेर रुवाबासी हुन थालेको छ । घटनास्थलमा अहिले पनि भारी वर्षा भइरहेको छ ।
बाढीले जुरे पहिरोदेखिकै तातोपानीसम्मको सडकखण्ड अवरुद्ध भएपछि पर्याप्त मात्रामा सुरक्षाकर्मी र उद्धारकर्ता घटनास्थलमा पुग्नसकेका छैनन्, जसका कारण उद्धार कार्यमा ढिलाइ भइरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले उद्धारका लागि काठमाडौँबाट घटनास्थल आउन खोजेपनि प्रतिकूल मौसमका कारण उहाँ धुलिखेलबाट नै फर्कनुपरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्