पेट्रोलियम पदार्थको १० दिन भित्रमा दुइ पटक मूल्य वृद्धि

Machchapuchchre

अर्थ राजनीति ~  नेपाल आयल निगमले १० दिन भित्रमा दोस्रो पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । शुक्रबार पुन पेट्रोल,डिजल र मट्टितेलको मूल्य एकरएक रुपैयाँ बढाएको छ।

शुक्रबार राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। सरकारले असार १६ गते मात्रै पेट्रोलमा लिटरमै पाँच रुपैयाँ र डिजल तथा मट्टितेलमा लिटरमा दुई रुपैयाँ मूल्य बढाएको थियो।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार निगमले मूल्य बढाएको हो। नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल लिटरको १ सय २ रुपैयाँ र डिजल तथा मट्टितेल ८८ रुपैयाँ लिटर पर्नेछ।

आइओसीले जुलार्इमा पठाएको मूल्य अनुसार पेट्रोल लिटरको ३ रुपैयाँ ७५ पैसा रहेको निगमले बताएको छ ।  डिजल लिटरमा ३ रुपैयाँ ८२ पैसा, मट्टितेलमा १४ रुपैयाँ २५ पैसा,हवार्इ इन्धनमा ३ रुपैयाँ ३ पैसा र एलपि ग्यासमा ६ रुपैयाँ ७७ पैसा प्रति सिलिन्डर वृद्धि भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्