पार्टी एकतामा गम्भीर संकट देखा पर्यो: नारायणकाजी श्रेष्ठ

Machchapuchchre

अर्थ राजनीति ~ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा यतिवेला गम्भीर संकट देखा परेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा प्रवक्ता श्रेष्ठले यस्तो जनाएका हुन् ।

उनले पत्रकारहरुसँग कुरा गर्दै भने,’अहिले पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्ने गर्नुहुनेछ, त्यसका लागि एक दिनको समय राखेर बैठक स्थगित गरिएको हो ।’ आजको स्थायी कमिटीमा केशव बडाल र अमृत बोहराले धारणा राखेका थिए। उनले स्थायी कमिटी बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित भएको बताए।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँगको समझदारी विपरित नै संसदको बजेट अधिवेशन अन्त्य गरेको पनि उनले सुनाए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्