थप ७४० सहित कुल सङ्क्रमित १५ हजार नाघ्याे, कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

Machchapuchchre

अर्थ राजनीति ~  कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा चार हजार ४८३ वटा नमूना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ३५ हजार ४७२ रहेका छन् । आइसोलेसनमा नाै हजार ८४ रहेका छन् ।

देशभर छ हजार १४३ डिस्चार्ज भएका छन् । देशभरबाट ८२३ जना निकाे भएर घर फर्केका छन् ।

नेपालमा रहेका ७७ वटा जिल्लाहरूमध्ये आठवटा जिल्लामा पाँच सयभन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यसमध्ये प्रदेश २ मा महोत्तरी, रौतहट र सर्लाहीसहित तीन जिल्ला, प्रदेश ५ मा कपिलवस्तु, पाल्पा र दाङसहित तीन जिल्ला रहेका छन् ।
कोरोना भाइरसका कारणले काठमाडौँमा थप एक जनाको निधन भएको छ । नयाँ बानेश्वरमा बस्ने ८५ वर्षीय एक पुरुषको भाइरसका कारणले निधन भएको पत्रकार सम्मेलनमा प्राडा गौतमले जानकारी दिनुभयो ।

पार्किङ्सन्स रोगबाट पीडित पुरुषकाे छाती दुखेपछि राजधानीको एक निजी अस्पतातमा उपचारको क्रममा मृत्यु भएको हो ।

हिजो बिहीबारमात्र राजधानीकै एक अस्पतालमा एक ४९ दिनका नवजात शिशुको कोरोनाको कारणले मृत्यु भएको थियो । आज मृत्यु घोषित पुरुषसहित नेपालमा कोरोना लागेर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्