महिला ग्राहकहरुले क्यूआरमार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ग्लोबल आइएमई बैंकमा

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना हरितालिका तीजको अवसरमा सार्वजनिक गरेको छ। भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत ( रु पाच सए सम्म )  क्यासब्याक पाइनेछ। ग्लोबल तीज विशेष बनाउनका लागि महिलाहरुलाई ग्राह्यता दिएको […]

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

अर्थ राजनीति  ~  राष्ट्रियसभाले आइतबार ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त प्रस्ताव पेस गरेका हुन् । राष्ट्रपतिले संसदमा पुर्नविचारका लागि फिर्ता गरेको विधेयकलाई प्रतिनिधिसभाले पुनः स्वीकृत गरी सन्देशसहित राष्ट्रियसभामा पठाएको छ ।

सिट बाँडफाँडमा कांग्रेस सहमत नभए एमाले बाहेक अर्को वाम गठबन्धन बन्न सक्छ : प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो शक्ति नेपाली कांग्रेसले दलहरुबीच न्यायोचित सिट बाँडफाँडमा सहमति नभए नेकपा एमाले बाहेक अर्को वाम गठबन्धन बन्ने बताउनुभएको छ । गठन गरियो। काङ्ग्रेसका शेखर कोइराला गुटले मंसिर २० गते हुने निर्वाचनमा गठबन्धनलाई प्रतिनिधिसभाको ६५ सिटमा सीमित गर्ने प्रयास गरिरहेको बेला प्रचण्डको यस्तो […]

राष्ट्रियसभाको बैठक आज बस्दैछ

अर्थ राजनीति  ~ राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलका अनुसार राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने एजेण्डा रहेको छ । संसद सचिवालयले प्रतिनिधिसभाबाट पारित अन्य केही विधेयकमाथि छलफलका लागि एजेण्डा सार्वजनिक गरेको छ । सभाले यसअघि नै नागरिकता विधेयक पारित गरी राष्ट्रिय सभामा अनुमोदनका […]

विदेशी पर्यटकलाई आकर्षित गर्न वर्षैभरि पर्यटन गतिविधिहरू

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन वर्षको १२ महिना पर्यटन गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । पर्यटनबाटै मुलुकको अर्थतन्त्रलाई टेवा पुग्ने बताउँदै मन्त्रीले भने, ‘नेपालमा वर्षको १२ महिना पर्यटन गतिविधि गर्नका लागि विविध हावापानी र मौसम अनुकूल छ । विदेशी पर्यटकलाई आकर्षित गर्न देशका धार्मिक, […]

अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेर एमाले चुनावमा जाने निर्णय

अर्थ राजनीति  ~ नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी प्रधानमन्त्री बनाउने प्रस्ताव राखेर चुनावमा जाने निर्णय गरेको छ । मंसिर २० गते हुने निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी (सीसी)को बैठकले ओलीलाई भावी प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । शनिबारको बैठक सकिएपछि एमाले नेता किरण गुरुङले भने, ‘समूहको छलफलबाट आएको सुझावअनुसार केपी ओलीलाई प्रधानमन्त्री […]

नागरिकता विधेयकमा राष्ट्रपति राजनीति प्रेरित : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु

अर्थ राजनीति  ~ सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले नागरिकता विधेयकका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक प्रेरित भएको निष्कर्ष निकालेका छन्। प्रतिनिधिसभाले नागरिकता विधेयक पारित गरेपछि राष्ट्रपति भण्डारीले सेवानिवृत्त सैनिक अधिकारी र कानुनी ईगलसँगको परामर्शलाई तीब्रता दिएकी थिइन्, जुन नागरिकता विधेयकमा कुनै संशोधन नगरी उनी सन्देशसहित फर्किएका थिए । उनले बुधबार मात्रै सैनिक अधिकारी र कानुनविद्हरूसँग परामर्श […]

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दैछ

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । केन्द्रीय कमिटी बैठक शनिबार सम्पन्न हुने पार्टीले जनाएको छ । पार्टीको पोलिटब्युरोको बिहीबार बसेको बैठकले आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय गरेको छ । शुक्रबारको केन्द्रीय कमिटी बैठक भदौ २३ गतेदेखि हुने पार्टीका विभिन्न समितिको निर्वाचन केन्द्रित […]

निर्वाचन आयोगले मंसिर २० गते हुने निर्वाचनमा भाग लिने दलहरुको निर्वाचन चिन्ह नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ

अर्थ राजनीति  ~ काठमाडौं : निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी दलको निर्वाचन चिन्ह नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । आयोगले निर्वाचन चिन्हको क्रमसँगै दलहरुको निर्वाचन चिन्ह पनि प्रकाशन गर्ने निर्णय गरेको छ । आयोगले बिहीबार एक नोट जारी गर्दै मंसिर २० गते हुने निर्वाचनको मतपत्रको पहिलो वा शीर्षमा नेकपा एमालेको निर्वाचन […]

प्रधानमन्त्री देउवा नेपाली सेनाको मुख्यालयमा कमाण्ड समन्वय बैठकमा सहभागी भएका छन्

अर्थ राजनीति  ~ प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको मुख्यालय भद्रकालीमा बिहीबार बसेको कमाण्ड समन्वय बैठकमा सहभागी भएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैंमा भएकाले उनी पूर्व निर्धारित कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रम रक्षा मन्त्रालयले आयोजना गरेको थियो ।