समानुपातिकमा कसकाे कति मत ?

Machchapuchchre

अर्थ राजनीति  ~   गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोग अनुसार आज बिहान १० बजेसम्मको मतगणना परिणामअनुसार प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले अहिलेसम्मकाे मत गणना परिणामअनुसार १० लाखभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ । रास्वपाले ४ लाख ८४ हजार ८८६ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२० मत ल्याएको छ । जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७ मत ल्याउँदा जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत पाएको छ । सरकार बनाउन समानुपातिक मतकाे पनि महत्वपूर्ण भूमिका हुन्छ । सरकार बनाउन प्रत्यक्ष र समानुपातिक दुवैकाे गणना गर्छ। प्रत्यक्ष र समानुपातिक सिटकै आधारमा सरकार कसले बनाउने तय हुनेछ । अहिलेकाे अवस्थामा एउटै दलले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था देखिएकाे छैन । प्रत्यक्ष र समानुपातिक दुवै जाेडेर संसदमा कुन ठूलाे दल बन्छ भन्ने सबैकाे चासाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्