मर्जर : एनसीसी बैंकले मंसिर २५ गते बोलायो विशेष साधारण सभा

Machchapuchchre

अर्थ राजनीति   ~  नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मंसिर २५ गते विशेष साधारण सभा बोलाएको छ । बैंकको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले अनमोल ब्याङक्वेट, शंखमुल, काठमाडौंमा दिउसो १ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले कुमारी बैंकसँगैको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । दुई बैंकबीच मर्जरका लागि तय भएको एक बराबर एक शेयर आदानप्रदान अनुपातलाई समेत विशेष साधारण सभाले स्वीकृति प्रदान गर्नेछ । मर्जर प्रकृया पुरा गर्नका निम्ति आगामी दिनमा आवश्यक सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । सभा प्रयोजना लागि बैंकले मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् । कुमारी बैंकसँगको मर्जर प्रयोजनका लागि बैंकको शेयर कारोबार भने गत असोज ११ गतेदेखि रोक्का रहेको छ । एकै दिन कारोबार रोक्का भएको कुमारी बैंकको शेयर कारोबार आइतवारदेखि फुकुवा हुदैंछ भने बिहीवारसम्म एनसीसी बैंकको शेयर कारोबार फुुकुवाको सुचना सार्वजनिक भएको छैन् । बैंकले मंसिर १५ गते बुक क्लोज गरेको आधारमा त्यस अघिनै कारोबार खुला गर्ने तयारी रहेको बुझ्न सकिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्