अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा भने स्थिर

Machchapuchchre

अर्थ राजनीति  ~  साताको अन्तिम दिन सुनको मूल्य स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा स्थानीय बजारमा अघिल्लो दिनको मूल्य  प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम छ। बिहीबार सुन तोलामा एक हजार रुपैयाँले बढ्दै प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य शुक्रवार तोलामा ५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलामा २५ रुपैयाँले बढ्दै प्रतितोला १३ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्