माओवादी नेताहरुको निष्कर्ष : “चुनावमा कांग्रेसले धोका दियो”

Machchapuchchre

अर्थ राजनीति  ~  सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले  नेपाली कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन् । माओवादीसहित  एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलहरूले काँग्रेसलाई इमानदारिताका साथ मत दिएपनि कांग्रेसले धोका दिएको आरोप लगाएका हुन । गठबन्धनमा सहभागी दलहरूले एक आपसमा मत नदिँदा एमाले मजबुत भएर आएको नेताहरूको बुझाई छ । चुनावी परिणामकै बीच माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटाले कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको साझेदारीमा माओवादीलाई मज्जाले हराएको भन्दै आक्रोस पोखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सापकोटाले जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने बताए । माओवादी सहित अरु दलले मत दिएपनि कांग्रेसले नदिँदा एमाले बलियो भएको सापकोटाले बताए । ‘हामीले कांग्रेसलाई मत दियौं, हामीलाई कांग्रेसले मत दिएन । गठबन्धनमा कांग्रेसले धोका दियो’ सापकोटाले भने, ‘गठबन्धन गरेर माओवादीलाई तात्विक रुपमा खास्सै फरक परेन । हाम्रो काँधमा चढेर कांग्रेस ठूलो भयो ।’ यस्तै माओवादी नेता गणेश साहले गठबन्धनको खास्सै औचित्य नदेखिएको बताए । गठबन्धन गरेर चुनाव जितिन्छ भन्ने कुरा गलत सावित भएको साहले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्