एमाले र माओवादीका ‘महासचिव’ पराजित

Machchapuchchre

अर्थ राजनीति  ~  यो पटकको निर्वाचनमा नेपालका ठुला दुई कम्युनिस्ट पार्टीका महासचिवद्धय पराजित भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ प्रतिनिधिसभा सदस्य पदमा पराजित भएका हुन् । पोखरेललाई दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले पराजित गरेकी हुन् भने माओवादीका गुरुङलाई एमालेका उपमहासचिव समेत रहेका पृथ्वी सुव्वा गुरुङले पराजित गरेका हुन् । रोचक त के छ भने एमालेका पोखरेललाई माओवादी उम्मेदवारले हराउँदा देवलाई एमालेका पृथ्वीले हराएका हुन् । दाङ–२ बाट हार्ने एमालेका पोखरेल पूर्वमुख्यमन्त्री हुन् लमजुङमा माओवादीका महासचिव गुरुङलाई हराउने एमालेको पूर्वमुख्यमन्त्री हुन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङ निर्वाचित भएका हुन् । पृथ्वीले ३४ हजार नौ सय ६९ मत पाउँदा प्रतिद्वन्द्वी देवले ३१ हजार ७ सय ८१ मत पाएका छन् ।०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा लमजुङ प्रदेश (२) बाट विजयी पृथ्वीले त्यसबेला देवलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्न सहयोग गरेका थिए ।  पोखरेललाई माओवादी नेतृ शर्माले झिनो मतान्तरले हराएकी हुन् । शर्माले २६ हजार ८७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६८१ मत ल्याएका छन् । उनीहरू बीचको मतान्तर १९६ मात्र रहेको छ । महासचिव पोखरेल २०५१ सालको संसदीय निर्वाचनमा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्