एनसेलबारे प्रधानमन्त्री : ” कानुन विपरीत रहेछ भने हदैसम्मको कारबाही गर्छौँ “

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुगेका छन् । समितिले सरकारमाथि उठेका प्रश्नहरूबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाएको हो । बैठकमा एनसेल खरिद विक्री प्रकरण, सरकारले दिने सुशासनको अवस्था र सङ्घीय निजामती ऐन लगायत समसामयिक विषयमा छलफल भएको छ । एनसेल प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहालले भने– “म कोप सम्मेलनका […]

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह दशरथ रङ्गशालामा

Artharajniti  ~  त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहेका छन् । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले अवलोकन गर्दैछ। धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले गिनिज बुकलाई रेकर्डका लागि अनुरोध गरेको थियो। सोहीका […]

१८ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाउन थाले

Artharajniti  ~   लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् । पौष महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । सबैभन्दा बढी हिमालयन बैंकले घटाएको छ । हिमालयन बैंकले पुसमा ब्यजादर २ प्रतिशत बिन्दु घटाएर ८ दशमलव ६०३ प्रतिशत कायम गरेको छ । त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, […]

नेपाल बैंक लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा ५ जना अन्तर्वार्ताका लागि छनोट

Artharajniti  ~  नेपाल बैंक लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृतको पदमा उम्मेदवारी दिएका ५ जनाको नाम अन्तर्वार्ताका लागि छनोट भएको छ । आइतबार बैंकले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी पदमा दरखास्त दिएका १९ जना उम्मेदवारहरूमध्ये ५ जनाको नाम अन्तर्वार्ताका लागि छनोट गरी प्रकाशित गरेको हो । छनोट हुने उम्मेदवारहरूमा अशोककुमार पौडेल, तिलकराज पाण्डेय, ध्रुवचन्द्र गौतम, […]

एकैदिन एक हजार तीन सय रूपैयाँ घट्यो सुनको मूल्य

Artharajniti  ~  शनिबार र आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार यी दुवै दिन स्थानीय बजारमा सुनको कारोबार प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा भइरहेको छ। अन्तर्राष्ट्रिय बजार बन्द रहने भएकाले यहाँ शनिबारकै मूल्य आइतबार पनि कायम हुन्छ। शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुन्छ। गत शुक्रबारको […]

एफपीओ र मर्जरबाट दुई दिनमै करिब १३ अर्ब रुपैयाँ संकलन

Artharajniti ~  एफपीओ र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार शुक्रवार र शनिवार ४ बजेसम्म एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट उक्त रकम राज्य कोषमा दाखिला भएको हो । कर दाखिला गर्ने समय आज राति […]

मर्जर–प्राप्ति र एफपीओमा कर : बैंक तथा वित्तीय संस्थाले आजसम्म बुझाउनुपर्ने

Artharajniti  ~  बैंक तथा वित्तीय संस्थाले मर्जर तथा प्राप्ति र फर्दर पब्लिक अफरिङ (एफपीओ) बापत राज्यलाई बुझाउनुपर्ने कर आजसम्म बुझाउन पर्ने भएको छ । लामो समय अदालतमा पुगेको यो विषयमाथि सर्वोच्च सरकारको पक्षमा फैसला गरेपछि आजसम्म बैंक तथा वित्तीय संस्थाले कर बुझाउनुपर्ने भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक […]

काठमाडौँ महानगरपालिकाले २९औँ स्थापना दिवस मनाउँदै

Artharajniti   ~   काठमाडौँ महानगरपालिका स्थापनाको भएको आज २९ वर्ष बितेको छ । २९औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै छ । महानगरपालिकाले बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा गर्ने विशेष सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्याउन सहयोग गर्ने […]

बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब तान्दै राष्ट्र बैंक

Artharajniti   ~   बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले बोलकबोल विधिबाट २० अर्ब रुपैयाँ रकम तान्न लागेको जानकारी दिएको हो । सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो २ बजेसम्म बोलकबोलमा आवेदन दिन सक्नेछन् । यो रकमको ब्याजदर समेत बोलकबोल माध्यमबाट तय हुने […]

काठमाडौँमा सुर्तिजन्य पदार्थ बिक्रीमा रोक

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाले आज (बिहीबार) देखि महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । जसको अनुगमनका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रण गर्न लागिएको महानगरको दाबी छ […]