‘बैंकहरू डुब्दैनन् र डुब्न दिइनेछैन ’: गभर्नर अधिकारी

Machchapuchchre

Artharajniti  ~  पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमाथि चौतर्फी प्रहार भइरहेको छ । ऋणीहरूले ऋण मिनाहाको आन्दोलन चर्काइरहेका बेला यता बैंकविरुद्ध नै धावा बोल्ने घटनाहरू शुरु भएका छन् । र, यसको मुख्य निशानामा परेको छ, ‘एनआईसी एसिया बैंक’ । पछिल्ला केही दिन यता एनआईसी एसिया बैंक विरुद्ध ‘ब्याक टू ब्याक’ गलत प्रचार भइरहेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उचालेको बैंक विरुद्धको माहौलमा थप केही मिडियाहरूले बलेको आगोमा घ्यू थप्ने काम गरे । यसले सेवाग्राही (निक्षेपकर्ताहरू) मा पनि कतै बैंक डुबी पो हाल्छ कि भन्ने त्रास पैदा देखिन्छ । सोही हल्ला र त्रासकाबिच बैंकबाट कम्तीमा २७ अर्ब रुपैयाँ निक्षेप झिकिएको रिपोर्ट आएको छ । ‘अहिलेसम्म बैंकबाट कम्तीमा २७ अर्ब रुपैयाँ निक्षेप वीथ ड्र भयो होला । तर, सीडी रेसियोको व्यवस्थाले बैंकलाई बचायो,’ गभर्नर अधिकारीले भने ।

Nabil bank

केन्द्रीय बैंकको नयाँ व्यवस्था ९० प्रतिशतको सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) को नयाँ व्यवस्थाले बैंकलाई बचाए पनि बैंकहरूमाथिको गलत प्रचार प्रसार मान्य नहुने गभर्नर अधिकारीले बताए । पछिल्लो पटक एनआईसी एसिया बैंकको वित्तीय रिपोर्टलाई नै लिएर बैंकमाथि लगातार प्रहार भइरहेको छ । समग्रमा वाणिज्य बैंकहरूको औसत एनपीएल (खराब कर्जाको दर) ३.४० प्रतिशत रहेपनि खुद एनपीएल १.१३ प्रतिशत मात्र छ । यस्तो अवस्थामा बैंकको खराब कर्जाको स्थितिलाई लिएर भएको अनर्गल प्रचारलाई नेपाल बैंकर्स संघले खण्डन गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्