बैंकिङ संगठन : “राज्यको धरपकडले बैंकिङ क्षेत्र आतंकित बनेको छ “

Machchapuchchre

Artharajniti   ~   बैंकरहरुले राज्यको धरपकले बैंकिङ क्षेत्र आतंकित बनेको बताएका छन् । बुधबार वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघसहित डेभलमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा भइरहेको धरपकड एवम् पक्राउले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको बताएका हुन् । यसबाट बैंकिङ क्षेत्रका कर्मचारीहरुको मनोबल समेत खस्कन गएका हुँदा राज्यका सम्बन्धित निकायहरु यस विषयमा गम्भीर भइदिन विज्ञप्ति मार्फत उनीहरूले आग्रह गरेका छन् । बैंकिङ कसुरसँग सम्बन्धित अनुसन्धान प्रक्रिया ‘पहिला सुन अनि थुन’ हुनु पर्नेमा ‘पहिले थुन अनि सुनको’ प्रक्रियाले बढावा पाएको भन्दै बैंकर्सले असन्तुष्टि व्यक्त गरेका छन् । यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भिर असर पु-याएको निष्कर्ष बैंकर्सको छ । जसले बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीहरुको मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा समेत यसले असर पुग्न जाने भन्दै उनीहरूले ध्यानाकर्षण गराएका छन् । यदि कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा त्यमसा संलग्न व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम कारवाही विगतमा पनि भएको र अब पनि हुनुपर्नेमा द्विविधा नरहेको स्पस्ट पारेका छन् । ‘प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरु तथा बैंकिङ क्षेत्रको मान्य सिद्धान्तहरुको अधिनमा रही काम गरि रहेका छौं,’  ‘यस्तोमा बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरुलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरुले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाईनु हुन्न ।’विज्ञप्तीमा भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्