सरकारसंगको वार्ता निष्कर्षविहीन : आन्दोलन थप चर्काउँदै मिटरब्याज पीडित

Machchapuchchre

Artharajniti  ~  सरकारसंगको वार्ता निष्कर्षविहीन भएपछि मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन् । विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडितहरूले तीन पटकसम्म पनि वार्तामा सहमति नभएपछि वार्तालाई निरन्तरता दिँदै आन्दोलनलाई थप सशक्त बनाउने भएका हुन् । सरकारसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि वार्तासँगै आन्दोलनलाई समेत सशक्त बनाएर अघि बढ्ने मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुश्वाहले बताए । आन्दोलनका कार्यक्रम अन्तर्गत आज उनीहरूले ‘सिट्ठी जुलुससहित बालुवाटार मार्च’ को आयोजना गरेका छन् । मार्चपास भृकुटीमण्डपबाट सुरु भई पुतलीसडक, डिल्लीबजारबाट कमलपोखरी, टंगाल हुँदै बालुवाटार र सोही रुट फिर्ता हुने कार्यक्रम रहेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्