राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

Machchapuchchre

Artharajniri  ~  नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंकमा एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो । कूल निक्षेप मध्ये ११ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड १० लाख विकास बैंक र ७० लाख रुपैयाँ ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा राख्न चाहेको केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्त कम्पनीले २०८० फागुन १८ गतेभित्र आवेदन दिनुपर्नेछ । २०८० चैत २ गतेदेखि राखिने निक्षेप २०८१ चैत १ गतेसम्म कूल ३६६ दिन मुद्दती राखिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्