प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ

Machchapuchchre

Artharajniti  ~   प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले न्यौपानेलाई पक्राउ गरेको हो। सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण हिनामिना गरेको भेटिएको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बिजमाण्डूलाई जानकारी दिएको छ।उनीसँगै कुल ११ जनालाई उक्त मुद्दामा प्रहरीले पक्राउ गरेको छ। थप एक जनालाई पक्राउ गर्ने तयारी भइरहेको छ। न्यौपाने २०७८ असारमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। प्रभु बैंकसँग सेञ्चुरी मर्ज भएपछि उनी वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भएका हुन्। न्यौपाने पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका भाञ्जा हुन्। न्यौपानेले सेञ्चुरीमा हुँदा दिएको ऋणकै विषयलाई लिएर प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरी स्रोतका अनुसार नेपाल राष्ट्र बैंकको अनुरोधमा दुरुपयोग भएको ऋणको अनुसन्धान भइरहेको थियो। त्यही सिलसिलामा उनलाई पक्राउ गरिएको हो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्