प्रतिनिधि सभाको बैठक बस्दैछ

अर्थ राजनीति  ~ प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७५ माथि अर्थ समितिको प्रतिवेदनसहित छलफल गर्नुपर्छ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित एजेण्डा रहेको छ । अर्थमन्त्री शर्मा आफैंले बीमा विधेयक २०७९ पारित गर्नुपर्छ सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि अर्थ […]

मन्त्री भुसालले गैरआवासीय नेपालीलाई आफ्नो मातृभूमिका लागि योगदान दिन आग्रह गरेका छन्

अर्थ राजनीति  ~ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न देशमा रहेका नेपालीले आर्जन गरेको सीप र अनुभवलाई आफ्नो मातृभूमिको समृद्धिका लागि प्रयोग गर्नुपर्ने बताउनुभएको छ । रोजगारी र शिक्षाको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो देशको सामाजिक–आर्थिक विकासमा योगदान गर्नुपर्छ । फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले नेपालमा […]

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

अर्थ राजनीति  ~  तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । यल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्त्रीले नेपाल/चीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको र […]

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

अर्थ राजनीति ~  नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौताअनुसार विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले नेपाल बैंकमा इन्टर्नसिप गर्न पाउनेछन् भने सो विभागका विद्यार्थी र प्राध्यापकमार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु सञ्चालन गर्नेछ । बैंकको अनुसन्धान […]

चीनको केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा

अर्थ राजनीति  ~  चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । नेपाल भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको द्विपक्षीय भेटमा चीनका विदेशमन्त्री वाङ यीले सो कुरा बताएका हुन् । आधिकारिक जानकारी अनुसार बुधबार चीनको छिङदाओमा नेपाल–चीन द्विपक्षीय भेटवार्ता भएको छ । वार्ताका क्रममा दुवै पक्षले नेपाल–चीन सम्बन्ध र द्विपक्षीय सहयोगको व्यापक […]

नेपाल विद्युत प्राधिकरणको नाफामा छलाङ

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा व्यापक बढाएको छ । बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको छ । प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यो नाफा गत आवको छ अर्ब १० करोड रुपियाँको तुलनामा १६४ प्रतिशतले बढी हो । ठूला […]

एकीकृत समाजवादीले निर्वाचन तयारीको जिम्मेवारी तोकेको छ

अर्थ राजनीति  ~ सत्तारुढ दल एकीकृत समाजवादीले आगामी मंसिर १० गते हुने संघीय र प्रदेशसभाको निर्वाचनको तयारीलाई तीव्रता दिन केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ । पार्टीको सचिवालयले आगामी निर्वाचनमा सम्भावित उम्मेदवार छनोटका लागि आवश्यक मापदण्ड, प्रक्रिया र विधि निर्माण गर्न महासचिव डा बेदुराम भुसाललाई जिम्मेवारी दिएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको पार्टीले निर्वाचन आयोगमा पार्टी […]

राष्ट्रियसभामा देखिएका कठिनाइ हटाउन आदेश

अर्थ राजनीति  ~ राष्ट्रियसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका कठिनाइ हटाउन आदेश प्रस्तुत गरेका छन् । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । राष्ट्रियसभाको बैठक भदौ […]

गठबन्धनले बनाएको कार्यदलको बैठक बस्दैछ आज

अर्थ राजनीति  ~  सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठक बस्दैछ आज मंसिर १० गते हुने निर्वाचनमा सिट बाँडफाँड गर्न  । कार्यदलमा कांग्रेसबाट तीन र अन्य चार दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालबाट दुई–दुई जना सदस्य रहेका छन् । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । यसअघि बनेको कार्यदलले नेपाली कांग्रेसका […]

राणाविरुद्धको महाअभियोग अघि बढाउन समितिलाई सभामुखको आग्रह

अर्थ राजनीति  ~  सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। समितिका सदस्यहरुबीच सहजीकरण बैठक राखेर सापकोटाले यस्तो आग्रह गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।‘तपाइँहरु स्वायत्त हुनुहुन्छ। काम अघि बढाउनुस्। सभामुख र उपसभामुखले आवश्यक सहयोग गर्नेछौँ,’ सदस्यहरुलाई सापकोटाले भनेको कुरा उद्धृत गर्दै न्यौपानेले भने। राणाविरुद्धको महाभियोग प्रस्ताव […]