नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

Machchapuchchre

अर्थ राजनीति ~  नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौताअनुसार विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले नेपाल बैंकमा इन्टर्नसिप गर्न पाउनेछन् भने सो विभागका विद्यार्थी र प्राध्यापकमार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु सञ्चालन गर्नेछ ।
बैंकको अनुसन्धान सम्बन्धी कार्यका लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ । सो सूचीअन्तर्गतका प्राध्यापकलार्ई आवश्यकता अनुसार बैंकले अनुसन्धानका लागि विषय विज्ञका रूपमा नियुक्त गर्नेछ । बैंकले गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरु एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीलाई ग्राजुएसन रिसर्च प्रोजेक्टअन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्ति स्वरूप न्यूनतम ५ जनालाई बैंकले प्रतिविद्यार्थी तीस हजार रुपैयाँ प्रदान गर्ने सम्झौतामा उल्लेख छ । बैंकले व्यवस्थापन विभागमा एमविए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडलसहित ‘नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड’ समेत प्रदान गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्