मन्त्री भुसालले गैरआवासीय नेपालीलाई आफ्नो मातृभूमिका लागि योगदान दिन आग्रह गरेका छन्

Machchapuchchre
अर्थ राजनीति  ~ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न देशमा रहेका नेपालीले आर्जन गरेको सीप र अनुभवलाई आफ्नो मातृभूमिको समृद्धिका लागि प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

रोजगारी र शिक्षाको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो देशको सामाजिक–आर्थिक विकासमा योगदान गर्नुपर्छ ।

फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले नेपालमा पनि कामलाई सम्मान गर्ने अवस्था सिर्जना गर्नुपर्ने र विदेशमा जति मेहनत नगरी आफ्नै देशमा सुखी जीवन बिताउन सकिने बताए ।

‘अहिले नेपालको लक्ष्य आर्थिक सामाजिक विकास हो, त्यसैले फर्केर देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुपर्छ,’ उनले भनिन् ।

विकसित मुलुकका राम्रा कुरा सिकेर आफ्नो देश निर्माणमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले फिनल्यान्ड आर्थिक समृद्धिमा अघि बढेसँगै नेपालीले पनि आफ्नो देशलाई आर्थिक रूपमा बलियो बनाउन मिलेर काम गर्नुपर्ने बताइन् ।

कृषि, जलस्रोत र पर्यटनको विकास र प्रवद्र्धन गरेर मात्र नेपाल समृद्ध बन्न सक्ने विश्वास व्यक्त गर्दै उनले पछिल्लो समय नेपालले विद्युत निर्यात गरेर राम्रो आम्दानी गर्न थालेको बताइन् ।

उनले भनिन्, ‘आफ्नो देशको उर्वर भूमि, प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्न सबै नेपालीलाई स्वदेश फर्किन आग्रह गर्दछु ।

उनले हेलसिङ्कीमा कन्सुलर कार्यालय स्थापना गरी नेपालीको भिसाको समस्या समाधान गर्न पहल गर्ने आश्वासन पनि दिइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्