प्रतिनिधि सभाको बैठक बस्दैछ

Machchapuchchre Bank
अर्थ राजनीति  ~ प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७५ माथि अर्थ समितिको प्रतिवेदनसहित छलफल गर्नुपर्छ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित एजेण्डा रहेको छ ।
अर्थमन्त्री शर्मा आफैंले बीमा विधेयक २०७९ पारित गर्नुपर्छ सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि अर्थ समितिको प्रतिवेदनसहित छलफल गर्नुपर्छ सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ ल्याउनुपर्छ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

त्यसैगरी राष्ट्रियसभाको सन्देशसहितको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ को दफाहरू निर्णयार्थ पेश गरिने पनि उल्लेख छ ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले उपरोक्त मानक नाप तथा तौल (पाँचौँ संशोधन) विधेयक २०७८ माथि सदनमा छलफल हुनुपर्ने सन्देशसहितको प्रस्ताव राष्ट्रियसभामा पेश गर्ने बताएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्