प्रतिनिधि सभाको बैठक बस्दैछ

Machchapuchchre
अर्थ राजनीति  ~ प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७५ माथि अर्थ समितिको प्रतिवेदनसहित छलफल गर्नुपर्छ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित एजेण्डा रहेको छ ।
अर्थमन्त्री शर्मा आफैंले बीमा विधेयक २०७९ पारित गर्नुपर्छ सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि अर्थ समितिको प्रतिवेदनसहित छलफल गर्नुपर्छ सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ ल्याउनुपर्छ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

त्यसैगरी राष्ट्रियसभाको सन्देशसहितको काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ को दफाहरू निर्णयार्थ पेश गरिने पनि उल्लेख छ ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले उपरोक्त मानक नाप तथा तौल (पाँचौँ संशोधन) विधेयक २०७८ माथि सदनमा छलफल हुनुपर्ने सन्देशसहितको प्रस्ताव राष्ट्रियसभामा पेश गर्ने बताएका छन 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्