लागुऔषध सहित ३ जना पक्राउ

Machchapuchchre

अर्थ राजनीति  ~ मोरङका झापा र  विराटनगर   दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित १ जनालाई पक्राउ गरेको हाे । यसैगरी शनिवार दिउँसो बिराटनगर महानगरपालिका-१६, हुलास चौक स्थितमा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री मोरङ बेलबारी नगरपालिका-११ बस्ने ४५ बर्षीय प्रकाश बस्नेतलाई लागुऔषध ब्युरो बिराटनगरबाट खटिएको टोलिले शंका लागि चेकजाँच गर्दा बस्नेतको साथबाट लुपिजेसिक १५ ऐम्पुल,फेनारगन १५ ऐम्पुल,डाईजोपाम १५ ऐम्पुल,ऐभिल १५ ऐम्पुल बरामद भएको थियो ।

मे.१ ह.२९२१ नम्बरको अटो लिई बिर्ताबजारबाट बुटाबारी तर्फ जाँदै गरेका अटो चालक सुनसरी घर भइ हाल सोहि स्थान बस्दै आएका ४० बर्षीय उमेश चौधरीको साथबाट लागुऔषध ब्राउनसुगर ४ ग्राम २०० मिलिग्राम बरामद भएको थियो । पक्राउ परेका चालकलाई सोधपुछ गर्दा अमरुवा गाउँपालिका-५ सिराहा घर भइ हाल बिर्तामोड-३ बिर्ताबजारमा डेरा गरी बस्ने २७ बर्षीय प्रतिक्षा चौधरी समेतको संलग्नता रहेको खुलेसँगै प्रतिक्षाको कोठाबाट समेत प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ५ ग्राम बरामद भएको छ ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्