कास्कीमा कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा संचालनमा !

काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्नपूर्ण – ११, छोम्रोंग, कास्कीबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । तमु ल्होसारको अवसरमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरका हुन् । समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता – मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद– राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा […]

राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले मंगलबारदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो । अर्थशास्त्रमा विद्यावारिधी गरेका नवनियुक्त प्रवक्ता डा.भट्ट अनुसन्धान विभागको कार्यकारी निर्देशक समेत हुन् । यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी लक्ष्मी प्रपन्न निरौलाले सम्हालेका थिए । उनी अनिवार्य अवकाशका लागि बिदामा […]

सरकार र उखु किसानबीच भयो यस्तो पाँचबुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौँ । सरकार र आन्दोलनरत उखु किसानबीच ५ बुँदे सहमति भएको छ । उखुको बक्यौता रकम नपाएको भन्दै काठमाडौंमा आन्दोलन गरिररहेका उखु किसानहरुलाई माघ ७ गतेभित्र सबै भुक्तानी दिने समझदारीमा सरकार र उखु किसानले हस्ताक्षर गरेका छन् । शुक्रबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा भएको वार्तामा ५ बुँदे समझदारी भएपछि किसानहरु आन्दोलन स्थगित गर्न सहमत […]

सनराइज बैंकले भक्तपुरका घरेलु तथा साना उद्योगमा लगानी फोकस गर्ने

काठमाडौं । सनराइज बैंकले भक्तपुरका घरेलु तथा साना उद्योगमा कर्जा लगानी फोकस गर्ने भएको छ । त्यसका लागि बैंकले भक्तपुर घरेलु तथा साना उद्योग संघसँग सहकार्य गर्ने सम्झौता गरेको छ । बैंकले मुलुकभित्र नै रोजगार सृजना गरि आर्थिक उन्नति गर्ने नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम उक्त संघसँग सम्झौता गरेको हो । उक्त […]

राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा, मुख्यमन्त्री शाहीद्वारा उद्घाटन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा सञ्चालन गरेकाे छ । उक्त कार्यालयको उद्घाटन शुक्रबार कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका हुन् । उक्त अवसरमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ प्रदेश सरकारको कार्यक्रम रा.वा.बैंकको शाखा कार्यालय मान्माबाट केही दिन अगाडि शुरु गरेका थिए । कर्णाली […]

आन्दोलनरत उखु किसानले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबीचको वार्ता सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको सरकारी टोली र उखु किसानबीच शुक्रबार अपरान्ह वार्ता सुरु भएको हो । उखु उद्योगीले गत वर्षदेखि भुक्तानी नदिएको भन्दै किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्न थालेको एक हप्तापछि सरकारले उनीहरुसँग वार्ता गरेको हो । सरकार र आन्दोलनरत उखु किसानबीच […]

अल्टिमेटम आएपछि अन्ततः चितवन छोड्न बाध्य भए एसपी दानबहादुर मल्ल

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयानुसार सरुवा भएको २ हप्तापछि प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवन छाडेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख रहेका मल्लले प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई चार्ज बुझाएर सरुवा भएको ठाउँका लागि रवाना लिएका हुन् । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधबार १२ घण्टाभित्र चितवन छाड्न निर्देशन दिएपछि एसपी […]

चुनावमा गठबन्धन गर्ने विषयमा कांग्रेस र समावादीबीच छलफल हुँदै

काठमाडौं । राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने विषयमा नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबीच छलफल हुने भएको छ । विशेषगरि प्रदेश नम्बर दुईमा कांग्रेस र समाजवादी पार्टीले गठवन्धन गर्ने तयारी गरेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई दलबीच आज छलफल हुने जानकारी दिए । दुई दलबीच राष्ट्रियसभा चुनाव लगायत अन्य समसामयिक विषयमा छलफल हुने उनको भनाइ […]

अर्थ मन्त्रालयका उपसचिव ढुङ्गानाविरुद्ध ४ करोड ६८ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध ४ करोड ६८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ । सार्वजनिक सेवामा रहँदा अवैधानिक रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव ढुङ्गानाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले गरेको छानबिनका क्रममा १९ साउन २०४९ मा सरकारी सेवामा प्रवेश गरेका ढुङ्गानाले […]

ओली-प्रचण्डले लगाए राष्ट्रियसभा सदस्यको भागवण्डा, एमालेले ९ पाउँदा माओवादीलाई ७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १६ जना उम्मेदवार तोकेको छ । ५९ सदस्यीय राष्ट्रियसभाको १ तिहाइ (१९ जना) सदस्यका लागि माघ ९ गते निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा निर्वाचनका क्रममा अपनाइने एकल संक्रमणीय मतप्रणालीअनुसार सत्तारुढ नेकपाले १४ जना सदस्य जित्ने संभावना थियो […]