सर्वोच्चले माग्यो जघन्य अपराधका आरोपितलाई छाड्ने आदेशको प्रतिवेदन

काठमाडौँ । सर्वोच्च अदालतले अपहरण, मानव बेचविखन अनि डकैतीको मुद्दामा आरोपितलाई धरौटीमा छाड्ने उच्च अदालतको नेपालगञ्ज इजलाससँग ‘कैफियत प्रतिवेदन’ मगाएको छ । उच्च अदालतको नेपालगञ्ज इजलासले गत पुस १० गते आरोपितहरुलाई एक/एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । न्यायाधीशद्वय पवनकुमार शर्मा न्यौपाने र ऋषिप्रसाद अधिकारीको इजलासको आदेश गलत भएको भन्दै महान्यायाधीवक्ता कार्यालयले त्यसको बदरको […]

ईरानकी एकमात्र महिला ओलम्पिक पदक विजेताले गरिन् देश छोड्ने फैसला, स्तब्ध बने देशवासी

एजेन्सी । ईरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलीजादेहले देश छोड्ने फैसला गरेकी छिन् । २१ वर्षीया किमिया यसबारेमा सामाजिक सञ्जालमा एउटा पोस्ट लेखेकी छिन्, जसका अनुसार उनी ईरानमा ‘पाखण्ड, भुट, अन्याय र चाप्लुसी’ को हिस्सा बन्न चाहँदिनन् । उनले आफैलाई ईरानका सताइएका लाखौँ महिलामध्ये एक मानेकी छिन् । किमिया यो समय कहाँ छिन्, […]

सामाजिक सुरक्षा योजनाप्रति भ्रम फैलाउन अनर्गल प्रचार प्रसार गरियो – जिफन्ट

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका विषयमा भ्रम फैलाउन विभिन्न अनर्गल प्रचार प्रसार भईरहेको भन्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आपत्ति जनाएको छ । जिफन्टले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सामाजिक सुरक्षा योजना लागु हुन नदिने उद्देश्यसहित भ्रम सिर्जना गरिरहेको भन्दै ध्यानाकर्षण गराएको हो । श्रमिकले पनि योजनामा सहभागी हुन नमानेको एवं उपदान सम्बन्धीको व्यवस्थामा […]

युक्रेनको विमान दुर्घटना प्रकरणः माफी मागेको भन्दै इरानमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । युक्रेनको विमान दुर्घटना भएकोप्रति इरानले दिइको प्रतिक्रियाको विरोधमा राजधानी तेहरानमा दोस्रो दिन पनि प्रदर्शन भएको छ । आन्दोलनकारीले इरानका उच्च नेता आयतुल्ला अली खमेनेइको राजीनामाको माग गर्दै प्रदर्शन गरेका हुन् । राजधानी तेहरानलगायत विभिन्न शहरमा आन्दोलनकारीले नेतृत्वको विरुद्धमा नाराबाजी गरेको बीबीसीले जनाएको छ । आन्दोलनकारी र सुरक्षाकर्मीसँग झडप हुँदा केही आन्दोलनकारी घाइते भएकोसमेत समाचारमा जनाइएको […]

सर्वसाधारणलाई जेल हाल्ने कानून ल्याइनु सर्वसत्तावादको पूर्वाभ्यास- शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयक लोकतन्त्र र विधिको शासनको विश्वव्यापी सिद्धान्त र मान्यता विपरित भएको बताएका छन् । आइतबार प्रेस बिज्ञप्ति जारी गर्दै उनले आमसंचार माध्यम र सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा प्रस्ताव गरिएको ‘सूचना प्रविधि विधेयक’ले संविधानले ग्यारेण्टी गरेको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठिन गर्न खोजेको बताएका हुन् […]

दिलीप महतोका हत्यारालाई कडा कारवाही गर्न सांसदहरुको माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद डा विमला राई पौडेलले दिलीप हत्या प्रकरणमा संलग्न व्यक्तिलाई सजाय मात्रै दिनेभन्दा पनि अब कहिलै त्यस्तो हुँदैन भनेर सुनिश्चित गर्नुपर्ने […]

प्रतिनिधिसभा स्थगित गरिनु आपत्तिजनक र लज्जास्पद – नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ । पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित गरेकामा असन्तुष्ट कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रुपमा लिएको जनाएको छ । ‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ । तर […]

नेपालको ऊर्जा क्षेत्रको विकासमा युएईले १ अर्ब १३ करोड रुपैयाँ सहायता गर्ने

युएई । संयुक्त अरब इमिरेट्स युएईले नेपालमा ऊर्जा उत्पादनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड रुपैयाँ) आर्थिक सहायता गर्ने भएको छ । अबुधावीमा जारी विश्व नवीकरणीय ऊर्जा संघ (इरिना)को वार्षिक साधारण सभाको मञ्चबाट यो सहयोग घोषणा भएको हो । अबुधावी फण्ड फर डेभलपमेन्ट अन्तर्गत नेपाललाई उक्त सहयोग मिल्ने युएईका लागि नेपाली राजदूत […]

प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित

काठमाडौँ — आइतबारका लागि बोलाइएको संघीय संसद अर्न्तगत प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख चयन गर्ने कार्यसूचि रहेकोमा सत्तारुढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक स्थगित गरिएको हो। बैठक यसअघि पनि दुईपटक सुचना टाँस गरेर स्थगित गरिएको थियो। Meroghar सत्तारुढ नेकपाको शनिबारको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन […]

प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा राख्ने प्रस्ताव बहुमतले पारित

हेटौंडा । प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाउने पक्षमा दुई तिहाइ मत परेको छ । आइतवार बसेको प्रदेश तीनको प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी बारे निर्णय गरेको हो । आज बसेको बैठकमा भएको मतदानमा प्रदेश नम्बर ३ को नाम बाग्मती र केन्द्र हेटौंडा बनाइयोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावको पक्षमा १०५ […]