नेपालको ऊर्जा क्षेत्रको विकासमा युएईले १ अर्ब १३ करोड रुपैयाँ सहायता गर्ने

Machchapuchchre

युएई । संयुक्त अरब इमिरेट्स युएईले नेपालमा ऊर्जा उत्पादनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड रुपैयाँ) आर्थिक सहायता गर्ने भएको छ । अबुधावीमा जारी विश्व नवीकरणीय ऊर्जा संघ (इरिना)को वार्षिक साधारण सभाको मञ्चबाट यो सहयोग घोषणा भएको हो ।

अबुधावी फण्ड फर डेभलपमेन्ट अन्तर्गत नेपाललाई उक्त सहयोग मिल्ने युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए । शनिबारदेखि सुरुभएको सभामा सहभागी हुन युएई आएका ऊर्जा, जलश्रोत तथा सिचाइँमन्त्री वर्षमान पुन, फण्ड फर डेभलपमेन्टका प्रतिनिधि र सहभागी अन्यदेशका प्रतिनिधिका बीच आइतबार सहयोग रकम घोषणा भएको हो ।

सहयोग रकम स्वीकार गरेपछि अनलाइनखबरसँग कुरा गर्दै मन्त्री पुनले भने, ‘हामीले पहिलो पटक आबुधाबी फण्डबाट सहयोग लिएका हौँ । यो सहयोगबाट हामीले नवीकरणीय ऊर्जा र बायोग्याँसको क्षेत्रमा काम गछौँ । सन् १९५५ देखि बायोग्याँसको क्षेत्रमा काम गर्दै आएको अनुभव हामीसँग छ । हाम्रो प्रविधि र अनुभव एसिया र अफ्रिकी मुलुकमा समेत पुगेको छ ।

उक्त रकमबाट ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्याँस आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादन गरिने मन्त्री पुनले बताए । सहुल्यतकर्जा अन्तरगत उक्त सहयोग रकमको नेपालले १ प्रतिशत व्याज तिर्नपर्ने हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्