प्रतिनिधिसभा स्थगित गरिनु आपत्तिजनक र लज्जास्पद – नेपाली कांग्रेस

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ । पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित गरेकामा असन्तुष्ट कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रुपमा लिएको जनाएको छ ।

‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ । तर ३ महिनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ‘ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै तत्काल निकास दिन सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई सचेत गराएको छ । नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने पक्षमा सहमति नजुट्दा आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक पटक पटक स्थगित भएको छ । पुस ४ गते सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन एउटा बैठक बसेपछि पटक पटक स्थगित भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्