दिलीप महतोका हत्यारालाई कडा कारवाही गर्न सांसदहरुको माग

Machchapuchchre

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद डा विमला राई पौडेलले दिलीप हत्या प्रकरणमा संलग्न व्यक्तिलाई सजाय मात्रै दिनेभन्दा पनि अब कहिलै त्यस्तो हुँदैन भनेर सुनिश्चित गर्नुपर्ने बताइन् ।

उनले भनिन्, “छाडा क्रसर उद्योगको छाडापन रोक्नुपर्छ, उत्खनन नियमन गर्नुपर्छ, ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खननको दीर्घकालीन समाधान खोज्नुपर्छ, राष्ट्रपति चुरे तराई मधेश विकास बोर्डले अवैध क्रसर उद्योग रोक्न के काम गर्दैछ जवाफ चाहिन्छ ।”

अर्का सांसद वृषेशचन्द्र लालले चोरी उत्खननको विरोधमा पहरेदारी गर्ने युवाको लाश बिना मुचुल्का त्यहाँबाट हटाउनु शंकास्पद रहेको बताए । ‘चौकी नजिकै अवैध उत्खनन् हुँदा प्रहरीले नदेखे जस्तो गर्‍यो’ बैठकमा बोल्दै उनले भने, ‘घट्नाको प्रकृति अध्ययनै नगरी लास उठाउनुले प्रहरीले नै हत्या गरे पनि हामी जोगाउँछौं भन्ने मनसाय राखेको देखियो ।

सांसद प्रमिला कुमारीले महतोको हत्यारालाई कडा भन्दा कडा सजायको माग माग गरिन् । धनुषाको मिथिला नगरपालिका-५ श्रीनगरका २४ वर्षीय दिलीप महतोको गत शुक्रबार विहान हत्या भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्