प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित

Machchapuchchre

काठमाडौँ — आइतबारका लागि बोलाइएको संघीय संसद अर्न्तगत प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख चयन गर्ने कार्यसूचि रहेकोमा सत्तारुढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि बैठक स्थगित गरिएको हो। बैठक यसअघि पनि दुईपटक सुचना टाँस गरेर स्थगित गरिएको थियो।

Meroghar

सत्तारुढ नेकपाको शनिबारको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर तुम्बाहाङ्फेले राजीनामा नदिने आइतबारको बैठक आफैं चलाउने बताएकी थिइन् । आइतबार सभामुख उम्मेदवार चयनका लागि बालुवाटारमा भएको दुई अध्यक्षको बैठकमा उपसभामुख तुम्बाहाङ्फे सहभागी भएलगत्तै बैठक स्थगनको सुचना टाँस गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्