सामाजिक सुरक्षा योजनाप्रति भ्रम फैलाउन अनर्गल प्रचार प्रसार गरियो – जिफन्ट

Machchapuchchre

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका विषयमा भ्रम फैलाउन विभिन्न अनर्गल प्रचार प्रसार भईरहेको भन्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आपत्ति जनाएको छ ।

जिफन्टले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सामाजिक सुरक्षा योजना लागु हुन नदिने उद्देश्यसहित भ्रम सिर्जना गरिरहेको भन्दै ध्यानाकर्षण गराएको हो । श्रमिकले पनि योजनामा सहभागी हुन नमानेको एवं उपदान सम्बन्धीको व्यवस्थामा समेत भ्रम सिर्जना भईरहेको जिफन्टको भनाइ छ ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको हितमा सरकारले ल्याएको यस योजना सफल हुन नदिन भ्रम सिर्जना गर्ने काम भइरहेको दाबी गरे । यसमा विद्यमान दोहोरो करको अन्यौल बारे भने छिट्टै नै सरकारले स्पष्ट पार्नुपर्ने श्रेष्ठको भनाई छ ।

कतिपय रोजगारदाताले श्रमिकलाई पारिश्रमीक र सामाजिक सुरक्षा दायरामा नल्याउनको लागी नियतबस भ्रम सिर्जना गरिरहेको भन्दै सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्नेमा उनिहरुले जोड दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्