ईरानकी एकमात्र महिला ओलम्पिक पदक विजेताले गरिन् देश छोड्ने फैसला, स्तब्ध बने देशवासी

Machchapuchchre

एजेन्सी । ईरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलीजादेहले देश छोड्ने फैसला गरेकी छिन् । २१ वर्षीया किमिया यसबारेमा सामाजिक सञ्जालमा एउटा पोस्ट लेखेकी छिन्, जसका अनुसार उनी ईरानमा ‘पाखण्ड, भुट, अन्याय र चाप्लुसी’ को हिस्सा बन्न चाहँदिनन् ।

उनले आफैलाई ईरानका सताइएका लाखौँ महिलामध्ये एक मानेकी छिन् । किमिया यो समय कहाँ छिन्, उनले केही पनि जानकारी दिएकी छैनन् । तर ईरानी सञ्चारमाध्यमका अनुसार उनी प्रशिक्षणको क्रममा न्युजिल्याण्डमा हुन सक्ने बताइएको छ ।

उनले सन् २०१६ को रियो ओलम्पिकमा तेक्वान्दोमा कांस्य पदक जित्दै ईरानका लागि इतिहास रचेकी थिइन् । उनले सामाजिक सञ्जालको पोस्टमा ईरानका अधिकारीहरुले आफ्नो सफलतालाई प्रोपोगाण्डाको रुपमा प्रयोग गरेको आरोप लगाएकी छिन् ।

ईरानमा सरकारविरुद्ध प्रदर्शन चर्किरहँदा किमियाले देश छोड्ने फैसला गरेकी हुन् । गएको बुधबार युक्रेनी यात्री विमान भुलवश मिसाइल प्रहारबाट खसालिएको र दुई दिनसम्म झुट बोलेको भन्दै ईरानका जनता सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । पछिल्लो दिनयता ईरान र अमेरिकाबीच तनाव बढिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्