कोरोनाले थालाएको नेपाली अर्थतन्त्रले कोभिसिल्डपछि नयाँ लय लिएको छ : विज्ञ

अर्थ राजनीति  ~ कोरोना महामारीका कारण थालिएको नेपालको अर्थतन्त्र कोरोना विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) सार्वजनिक प्रयोगमा आएसँगै त्यसले नेपाली अर्थतन्त्रलाई नयाँ गति दिएको विज्ञहरुले टिप्पणी गरेका छन् । काठमाडौँमा आयोजित ‘कोरोनाले थालाएको व्यापार-व्यवसाय र कोभिसिल्डपछी जुर्मुराएको अर्थतन्त्र’ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो टिप्पणी गरेका हुन् । साना तथा मझयौला व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन फेडेरेसन अफ […]

अब धुम्बाराही पूर्ववत् एमालेको मुख्यालय, नाम र साइनबोर्ड भोलि फेरिने

अर्थ राजनीति  ~ सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी […]

एमाले र माओवादी केन्द्र अलगअलग भएर जाने दाहाल-नेपाल समूहको निर्णय

नेकपा प्रचण्ड माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र […]

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अब ‘अर्ली इलेक्सन’को मुद्दालाई बटमलाइन बनाउने

अर्थ राजनीति  ~ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अब ‘अर्ली इलेक्सन’को मुद्दालाई बटमलाइन बनाउने भएको छ । सर्वोच्चको फैसलाबाट नेकपा खारेज भई नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किनुले अर्ली इलेक्सन काँग्रेसको मुख्य मुद्दा बन्न पुगेको हो । सांसद गगन थापाले काँग्रेसको नेतृत्वमा देशलाई अर्ली इलेक्सनमा लगिने बताए । ‘देश अब इलेक्सनमा जान्छ नै । […]

संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

अर्थ राजनीति  ~ सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री […]

प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, दुई लाख मानिस उतार्ने दाबी

अर्थ राजनीति ~  संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव समूह)ले आज काठमाडौंमा विरोधसभा गर्दैछ । भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् ।  मुख्य र्‍याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा […]

खर्च गर्न नसकेपछि घट्यो चालु आर्थिक वर्षको बजेट

अर्थ राजनीति ~ कार्यान्वयन गर्न नसकेपछि सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनाको अर्धवार्षिक समिक्षा गर्दै बजेटको आकार घटाएको हो । अर्धवार्षिक समिक्षा गर्दै मन्त्रालयले यस वर्षको बजेटको आकार १३ खर्ब ४४ अर्ब ६८ करोड रहने प्रक्षेपण गरेको छ । यो कुल विनियोजीत बजेट भन्दा १ खर्ब […]

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुग्नुभएको छ । ओली निर्वाचन तथा पार्टी विवादबारे बुझ्न आयोग पुग्नु भएको हो । यसघि ओली समूहका नेताहरु महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु आयोगमा पुगिसकेको थिए । बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा […]

प्रतिनिधिसभा चुनाव वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा हुने

अर्थ राजनीति ~सरकारले प्रतिनिधि सभाको निर्वाचन आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा र वैशाख २७ गते दोस्रो चरणमा कर्णाली, […]

अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई  ७ अर्ब दिने

अर्थ राजनीति ~ अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई  ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय भएको छैन । यद्यपि आयोगले हालसम्म माग गरेको ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको उनले बताए । मन्त्री पौडेलका अनुसार सरकारले खर्च नहुने आयोजनाको रकम काटेर निर्वाचन […]