अहिलेको अवस्थामा कांग्रेस पर्ख र हेरको अवस्थामा बस्न हुन्न : डा. शेखर कोइराला

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक वर्षभित्र चुनाव गराउने सर्तमा कांग्रेस सरकार निर्माणमा जुट्नुपर्ने बताउनु भएको छ ।

देशमा अहिले देखिएको अन्योलबाट देशलाई निकास दिन चुनावको विकल्प नभएको उहाँले बताउनु भएको हो ।

कोइरालाले सरकार निर्माणमा केपी ओलीसँग भने सहकार्य गर्न नहुने बताउनुभयो । ओलीले संविधान बाहिर गएर संसद विघटन गरेकाले उहाँसँग सहकार्य गर्न हुन्न कोइरालाले भन्नुभयो ।

अहिलेको अवस्थामा कांग्रेस पर्ख र हेरको अवस्थामा बस्न नहुने भन्दै चुनावी कार्यक्रमको अभियान थाल्नुपर्ने उहाँले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्