प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अब ‘अर्ली इलेक्सन’को मुद्दालाई बटमलाइन बनाउने

Machchapuchchre

अर्थ राजनीति  ~ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अब ‘अर्ली इलेक्सन’को मुद्दालाई बटमलाइन बनाउने भएको छ । सर्वोच्चको फैसलाबाट नेकपा खारेज भई नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किनुले अर्ली इलेक्सन काँग्रेसको मुख्य मुद्दा बन्न पुगेको हो ।

सांसद गगन थापाले काँग्रेसको नेतृत्वमा देशलाई अर्ली इलेक्सनमा लगिने बताए । ‘देश अब इलेक्सनमा जान्छ नै । संसद् विघटनबाटै गत निर्वाचनको जनमत सकिएको थियो । फेरि हिजोको सर्वोच्चको निर्णयबाट नेकपा एमाले र माओवादीले पाएको जनमत सकियो अब । देश अब निर्वाचनमा जान्छ । निर्वाचन कसले गराउने ? कहिले गराउने ? कसरी यसलाई सम्हाल्ने भन्ने सन्दर्भमा नेपाली काँग्रेसले सुझबुझ पूर्ण ढङ्गले विभिन्न पक्षमा छलफल गर्नुपर्छ ।’

उनका अनुसार काँग्रेसले अब कुनै हतार नगरेर पार्टी हित र संविधानको अनुकूल हुनेगरी निर्णय लिनुपर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्