राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र डा. निलम ढुंगाना तिम्सिना नियुक्त भएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।

बैठकले राष्ट्र बैंकले सिफारिस गरेको ४ जना मध्ये यी २ लाई डेपुटी गभर्नर नियुक्त गरेको हो। हाल मिश्र वैदेशिक विनिमय विभागका प्रमुख हुन् भने ढुंगाना सार्वजनिक ऋण ब्यबस्थापन विभागकी प्रमुख हुन्  । ढुंगाना नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर समेत भएकी छिन् ।

शिवराज श्रेष्ठ र चिन्तामणी शिवाकोटीको पाँच बर्षे कार्यकाल पुरा गरी फागुन १८ गतेबाट अवकाश पाएपछि दुवै डेपुटी गर्भनरको पद रिक्त थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्