अर्घाखाँचीबाट बुटवल आउँदै गरेको बस दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

रुपन्देही । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक सुरद सुवेदीले जानकारी दिए। बुधबार दिउँसो करिब २ बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल आउँदै गर्दा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा दुर्घटनामा परेको हो। अहिलेसम्म ५ जना पुरुष र तीन […]

गिरफ्तार नेता कार्यकर्ता रिहा गर्न क्रान्तिकारीको माग, ओली-बादललाई आयो चेतावनी, विज्ञप्तिसहित

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सेती-महाकालीले गिरफ्तार आफ्ना नेता कार्यकर्तालाई रिहा माग गरेको छ । सेतिमहाकालि क्षेत्रीय समन्वय समिती मंगलबार दार्चुलाको सदरमुकाम खलंगामा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा हस्तक्षेप गरेर निर्मम दमनमा उत्रिएको भन्दै उक्त सङ्गठनले घोर निन्दा गरेको छ । समन्वय समितीका संयोजक बिरेन्द्र शाहले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रियताको […]

प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाले लिए जानकारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी लिएका छन् । सभापति देउवाले बुधबार महाराजगन्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए । डा. श्रेष्ठले उनलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मंगलबारभन्दा आज सुधार रहेको जानकारी दिएको सभापति देउवाका निजी सहयोगी भानु […]

सरकार र निजी मेडिकल कलेजहरुबीच भएको सहमति अस्वीकार्य – आन्दोलनरत विद्यार्थी

काठमाडौं । आन्दोलनरत चिकित्सा शिक्षा सङ्घर्ष समितिले सरकार र निजी मेडिकल कलेजहरुबीच भएको दुईबुँदे सहमति अस्वीकार्य भएको बताएको छ । सरकारले ठगीको मुद्दा चलाउने भन्दै अल्टिमेटम दिएपछि मेडिकल कलेजहरुले मंगलबार मध्यरातमा विद्यार्थीहरुबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने सहमति गरेका थिए । तर सहमति भएको १२ घण्टा नपुग्दै आन्दोलनरत विद्यार्थीहरुले त्यसमा प्रश्न उठाएका छन् । सरकार र निजी […]

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार, कुराकानी गर्न सक्ने अवस्थामा फर्किए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । आज (बुधबार) बिहान १०:३० मा अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र अहिले राम्रोसँग कुराकानी गर्ने अवस्थामा रहेको जनाइएको छ । स्वास्थ्यमा सुधार आएसँगै मुटुको चाल पनि सामान्य बन्दै गएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य […]

पोखरामा नेकपाको सभास्थल नजिकै फेरी शक्तिशाली बम विस्फोट

कास्की । पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै बम बिस्फोट भएको छ । बुधबार मध्यान्ह पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम बिस्फोट भएको छ । बिस्फोटमा कुनै मानवीय क्षति नभएपनि एक बसमा क्षति पुगेको छ । पार्किङ स्थलमा रहेको ग१ख ८८९१ नम्बरको बसका सिसा फुटेको जनाएको छ । […]

उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा

पोखरा । कास्की क्षेत्र नं २ मा आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मंसिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गंगाबहादुर गुरुङले […]

आज रातिदेखि उपनिर्वाचनको मौन अवधि सुरु हुदै, नेताहरु अन्तिम दौडधुपमा

काठमाडौं । बुधबार रातिदेखि उपनिर्वाचनको मौन अवधि सुरु हुदैछ। बुधबार राति १२ बजेदेखि मौन अवधि सुरु हुनुअघि बिभिन्न दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा लागेका छन्। सत्तासीन नेकपा र विपक्षी कांग्रेसका शीर्ष नेता चुनावी सभा सम्पन्न गरी राजधानी फर्केका छन्। कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि मंसिर १४ गते […]

पद सम्हालेको चार दिन नबित्दै महाराष्ट्रका मुख्यमन्त्रीद्वारा राजीनामा

भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनाविसले राजीनामा दिएका छन्। तीन दिनअघि मुख्यमन्त्रीको सपथ लिएका फडनाविसले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्। यसअघि आजै भारतको सर्वोच्च अदालतले उनलाई बुधबारसम्म विधान सभामा बहुमत देखाउन आदेश दिएको थियो। राजीनामा दिँदै फडनाविसले आफूहरूले कहिल्यै पनि शिवसेनालाई मुख्यमन्त्री दिने कुरा नभएको तर पछि चुनावी परिणाम आइसकेपछि बखेडा झिकेको बताए। […]

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेरबाट हटाइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य मंगलबारको भन्दा सुधार हुँदै गएको छ । बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘हिजोको भन्दा स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिदादेखि राखिएको जुन भेन्टिलेटर थियो, त्यो पनि आज बिहान हटाइएको छ ।’ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक […]