उपनिर्वाचन- कहाँ-कहाँ भए बिस्फोट र लफडा ? यस्तो छ अहिलेसम्मको ताजा अपडेट

काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा पोखरामा चौथो पटक र बाँके जिल्लाको कोहलपुरमा पनि शक्तिशाली ब’म हुनको साथै सर्लाही, लमजुङ, कन्चनपुर र डोटीमा ब’म फेला परेको छ । भने अन्य जिल्लाका मतदान स्थल नजिकै फेला परेका बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । पोखरा महानगरपालिका-१६ को दीप चण्डिका […]

महोत्तरीमा अपरान्हसम्म ५० प्रतिशत मत खस्यो, मतदान जारी

महोत्तरी । महोत्तरीको विभिन्न पदका लागि भइरहेको उपनिर्वाचनमा अपरान्हसम्म ५० प्रतिशत मतदान भएको छ। बिहान ७ बजेर २० मिनेटमा सुरू भएको मतदानमा अपरान्हसम्म ५० प्रतिशत मत खसेको महोत्तरीको निर्वाचन अधिकृत पुष्पा झाले जानकारी दिएकी छन्। स्थानीय तहको उपनिर्वाचन अन्तर्गत महोत्तरीमा एक गाउँपालिका अध्यक्ष र ३ वडाध्यक्षसहित पदका लागि मतदान भइरहेको छ। महोत्तरीमा मतदान शान्तिपूर्ण रूपमा […]

कञ्चनपुरमा मतदानस्थल नजिक बम भेटियो, मतदाताको भागाभाग

कन्चनपुर । कन्चनपुरको पूर्नवास नगरपालिका ३ मा मतदानस्थल नजिक भेटिएको बम सेनाले डिस्पोज गरेको छ। मदातानस्थल भन्दा करिब २ सय मिटर टाढा झोला भित्र बम फेला परेको थियो। दिउँसो साढे १२ बजे शंकास्पद बस्तु फेला परेपछि सेनाको टोली त्यहाँ पुगेको थियो। सेनाको टोलीले दिउँसो २ बजे डिस्पोज गरेको थियो। उता डोटीमा प्रेसर कुकर बम भेटिएको […]

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले एनटीसीको सिमकार्ड सित्तैमा पाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा नयाँ खाता खोल्ने ग्राहकले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को जिएसएम सिमकार्ड सित्तैमा पाउने भएका छन् । बिहीबार दुई संस्थाबीच बैंकका ग्राहकहरुलाई निःशुल्क रुपमा जिएसएम सिमकार्ड उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर […]

बिद्या भट्टराईले भोट खसालेको मतदान केन्द्रमा लफडा, भोटिङ स्थगित

पोखरा । पोखरा ३३ शान्ति उदय मावि मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र खस्यो भन्दै विवाद भएको छ । मतदाता यज्ञप्रसाद आचार्यको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र खसेको बताउँदै नेकपाका कार्यकर्ताले अरु पनि त्यस्तै हुनसक्ने भन्दै विवाद गरेका थिए । मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपनि मतपत्र गन्नुपर्ने नेकपा कार्यकर्ताको माग छ । अहिले […]

पोखराको मदतानस्थलमा अर्काे शक्तिशाली विस्फोट,सबैको भागाभाग, यस्तो छ थप अपडेट

काठमाडौं । कास्की क्षेत्र नं. २ को अर्काे मदतानस्थलमा पनि बम विस्फोट भएको छ । पोखरा महानगरपालिका-१६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै बम विस्फोट भएको हो । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ । यसअघि पोखराका ३ मतदान स्थलमा बम विस्फोट भएको थियो । तर, क्षति भने नभएको सुरक्षा अधिकारीहरुले बताएका […]

प्रधान सेनापतिलाई मन्त्रालयमै बोलाएर शुल्क समायोजन गर्न मन्त्रीको निर्देशन

काठमाडौं । चिकित्सा शिक्षामा तोकिएको शुल्क लागू गराउने क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली सेनाले सञ्चालन गरिरहेको मेडिकल कलेजलाई शुल्क समायोजनका लागि निर्देशन दिएका छन्। मन्त्री पोखरेलले शुक्रबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई सिंहदरबारस्थित कार्यकक्षमा आमन्त्रण गरी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा सरकारले निर्धारण गरेभन्दा बढी शुल्क फिर्ता गर्न निर्देशन दिएका हुन्। सो […]

भक्तपुर, धरान, मालारानी र राजविराजमा मतदान शुरु

काठमाडौं । भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि आज बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । प्रदेश (क) मा चाँगुनारायण नगरपालिकाको नौ वडा र भक्तपुर नगरपालिकाको वडा नं १० गरी १० वडामा कूल २२ मतदानस्थलका ५४ मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी […]

पोखराको मतदानस्थलमा शक्तिशाली बम विस्फोट, मतदान स्थगित

काठमाडौं । कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान स्थगित भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।मतदान भइरहेका बेला कसैले माथिबाबट बम फालेको र विस्फोट हुन पुगेको स्थानीय प्रत्यक्षदर्शी अर्जुन बस्नेतले बताए । बम […]

आज तीनै तहका रिक्त पदका लागि उपनिर्वाचन, ७ बजेबाट मतदान सुरु हुदै

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा आज उपनिर्वाचन हुँदैछ । विविध कारणले रिक्त रहेका तीनै तहका विभिन्न पदहरूको पूर्तिका लागि आज मतदान हुन लागेको हो । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु हुनेछ । निर्वाचन आयोगका अनुसार, मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर आफ्नो मत व्यक्त गर्न सक्नेछन् । निर्वाचन आयोगले उपनिर्वाचनका […]