उपनिर्वाचन- कहाँ-कहाँ भए बिस्फोट र लफडा ? यस्तो छ अहिलेसम्मको ताजा अपडेट

Machchapuchchre

काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा पोखरामा चौथो पटक र बाँके जिल्लाको कोहलपुरमा पनि शक्तिशाली ब’म हुनको साथै सर्लाही, लमजुङ, कन्चनपुर र डोटीमा ब’म फेला परेको छ । भने अन्य जिल्लाका मतदान स्थल नजिकै फेला परेका बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

पोखरा महानगरपालिका-१६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै ब’म विस्फोट भएको हो । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ । यसअघि पोखराका ३ मतदान स्थलमा ब’म विस्फोट भएको थियो । तर, क्षति भने नभएको सुरक्षा अधिकारीहरुले बताएका छन् । प्रत्यक्षदर्शीलेहरुका अनुसार बिस्फोटपछि मतदाताहरुको भागाभाग भएको छ ।

पोखरा-३३ भरतपोखरीस्थित शान्ति उदय मावि, नयाँबजारको नवप्रभात र पोखरा-१६ कै शान्ति माविको मतदान स्थल नजिक ब’म विस्फोट भएको हो । उपचुनावको तयारी सुरू भएयता पोखरामा अज्ञान समूहले निरन्तर ब’म विस्फोट गराइरहेको छ । यसअघि उम्मेदवारी दर्ताको दिन निर्वाचन कार्यालय नजिक, नेकपाको चुनावी सभा नजिकै र एक वडाध्यक्षको घरमा पनि विस्फोट भएको थियो ।

यस्तै उता लमजुङमा मतदान केन्द्रनजिकै ब’म विस्फोट भएको छ । सुन्दरबजार नगरपालिका वडा नं २ को वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । मतदाताहरू मत खसाल्न मतदान केन्द्रमा लाइन लागेका बेला ब’म विस्फोट भएको हो। मतदाता तर्साउन अज्ञात समूहले मतदान केन्द्रको सय मिटर पर टाइम ब’म विस्फोट गराएको हो । ठूलो आवाजकासाथ बम पड्किएपछि मतदाताहरु केहीबेर विचलित भएका थिए ।

कन्चनपुरको पूर्नवास नगरपालिका ३ मा मतदानस्थल नजिक भेटिएको ब’म सेनाले डिस्पोज गरेको छ। मदातानस्थल भन्दा करिब सय मिटर टाढा झोला भित्र ब’म फेला परेको थियो। दिउँसो साढे १२ बजे शंकास्पद बस्तु फेला परेपछि सेनाको टोली त्यहाँ पुगेको थियो। सेनाको टोलीले दिउँसो २ बजे डिस्पोज गरेको थियो।

यसैबीच विभिन्न क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक ढंगले निर्वाचन भइरहेको निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन्। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएकाले निर्भीक भएर मतदानमा सहभागी हुन मतदातालाई आह्वान गरेका छन् ।

प्रतिनिधिसभाको रिक्त रहेको कास्की–२, प्रदेशसभाको भक्तपुर १(१), बागलुङ २(२), दाङ ३(२) मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा जसले जिते पनि प्रतिनिधिसभा वा प्रदेशसभामा रहेको दलीय उपस्थितिमा ठूलो प्रभाव पार्ने छैन । स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरमा प्रमुख, संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदको निर्वाचन हुन लागेको हो । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष तथा नगरपालिका एवं गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि समेत उपनिर्वाचन हुँदै छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्