महोत्तरीमा अपरान्हसम्म ५० प्रतिशत मत खस्यो, मतदान जारी

Machchapuchchre

महोत्तरी । महोत्तरीको विभिन्न पदका लागि भइरहेको उपनिर्वाचनमा अपरान्हसम्म ५० प्रतिशत मतदान भएको छ। बिहान ७ बजेर २० मिनेटमा सुरू भएको मतदानमा अपरान्हसम्म ५० प्रतिशत मत खसेको महोत्तरीको निर्वाचन अधिकृत पुष्पा झाले जानकारी दिएकी छन्।

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत महोत्तरीमा एक गाउँपालिका अध्यक्ष र ३ वडाध्यक्षसहित पदका लागि मतदान भइरहेको छ। महोत्तरीमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन अधिकृत पुष्पा झा बताइन्।

पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि मतदान भइरहेको छ भने बलबा नगरपालिकाको वडा नम्बर २ र ८ मा वडाध्यक्ष र मटिहानी नगरपालिकामा वडा नम्बर ६को वडाध्यक्ष पदको लागि मतदान जारी रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्