कञ्चनपुरमा मतदानस्थल नजिक बम भेटियो, मतदाताको भागाभाग

Machchapuchchre

कन्चनपुर । कन्चनपुरको पूर्नवास नगरपालिका ३ मा मतदानस्थल नजिक भेटिएको बम सेनाले डिस्पोज गरेको छ। मदातानस्थल भन्दा करिब २ सय मिटर टाढा झोला भित्र बम फेला परेको थियो। दिउँसो साढे १२ बजे शंकास्पद बस्तु फेला परेपछि सेनाको टोली त्यहाँ पुगेको थियो। सेनाको टोलीले दिउँसो २ बजे डिस्पोज गरेको थियो।

उता डोटीमा प्रेसर कुकर बम भेटिएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कालिकास्थानको कुचेडा बजारमा प्रेसर कुकुर बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्ष कर्ण बोहराले बताए। शुक्रबार राति कोटान्जर मतदान केन्द्र कुचेडा बजारमा बम फेला परेको र राति दुई बजेतिर नेपाली सेनाद्धारा बम डिस्पोज गरिएको उनले बताए। यस्तै सोहि ठाउंमा ढुंगा हालेर रुखमा बेरेर राखेको अवस्थामा दुई झोला समेत भेटिएको उनले बताए। कसले राखेको भन्ने बारे भने खुल्न नसकेको डोटी प्रहरीले जनाएको छ।

यस्तै सुदूरपश्चिमका ५ जिल्लामा जारी उपनिर्वाचन अन्तर्गत ५० प्रतिशत मत खसेको छ। सुदूरपश्चिमको १२ मतदान स्थलका १५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरू भएको थियो। जिल्ला निर्वाचन कार्यालयहरूका अनुसार सुदूरपश्चिमको बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १, अछामको मेल्लेख गाउँपालिका वडा नम्बर४, डोटीको आदर्श गाउँपालिका वडा नम्बर २, बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४, सुर्नया गाउँपालिका वडा नम्बर १ र दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ र कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा निर्वाचन जारी छ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका निर्वाचन अधिकारी माधव फुयालले निर्धा्रित सममै शान्तिपूर्ण वातावरणमा उत्साहपूर्ण ढंगले शुरू भएको मतदान जारी रहेको जानकारी दिए। हालसम्म करीब ६० प्रतिशत मत खसेको उनले जानकारी दिए। पुनर्वास नगरपालिका ३ को मतदान अधिकृत अजय मनान्धरले करिब ५० प्रतिशत मत खसेको जानकारी दिए।

त्यस्तै, अछामको जिल्ला निर्वाचन अधिकृत गजेन्द्र प्रकाश थारुका अनुसार मेल्लेख गापा वडा नम्बर४ मा जारी मतदानमा बिहान ११ बजेसम्ममा करिब ४५ प्रतिशत मत खसेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्