बिद्या भट्टराईले भोट खसालेको मतदान केन्द्रमा लफडा, भोटिङ स्थगित

Machchapuchchre

पोखरा । पोखरा ३३ शान्ति उदय मावि मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र खस्यो भन्दै विवाद भएको छ । मतदाता यज्ञप्रसाद आचार्यको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र खसेको बताउँदै नेकपाका कार्यकर्ताले अरु पनि त्यस्तै हुनसक्ने भन्दै विवाद गरेका थिए । मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपनि मतपत्र गन्नुपर्ने नेकपा कार्यकर्ताको माग छ । अहिले विवादका कारण उक्त केन्द्रमा मतदान स्थगित गरिएको छ ।

उक्त मतदान केन्द्रमा केही समय अघिमात्र नेकपाकी उम्मेद्वार विद्या भट्टराईले मतदान गरेकी थिईन् । तर एक घन्टाको छलफलपछि मतदान केन्द्रमा भएको विवाद मिलेको खबर आएको छ । मतदान अधिकृतको हस्ताक्षर नभएपनि मतपत्र सदर गर्ने सहमति पत्रमा निर्वाचन कार्यालय कास्कीका प्रमुख सहित सम्वधित दलहरुको हस्ताक्षर पश्चात विवाद मिलेको हो । प्रतिनिधिसभाको उपनिर्वाचन हुँदै गर्दा पोखरा महानगरपालिका वडा १६ स्थित शान्ति मावी अर्मला जुमलेटी मतदानस्थलबाट प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई १ घण्टा अगाडी प्रहरीले नियन्त्रणमा लिएको हो । शान्तिपूर्ण तवरले मतदान हुँदै गर्दा स्थिति तनावग्रस्त भएपछि उनीहरुलाई समातिएको बुझिएको छ । जिल्ला प्रहरी कार्यलय कास्कीले घटनाबारे सम्पूर्ण जानकारी आइनसेकेको बताएको छ । नियन्त्रणमा लिइएकाहरुको परिचय भने खुलेको छैन । यस्तै प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको मतदानमा करिब ५५ प्रतिशत मतदान भइसकेको छ । सो क्षेत्रका ३२ मतदान स्थलको ८२ वटै मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिएका छन् ।दिउँसो २ बजेसम्मको अप्डेट अनुसार उक्त मत खसेको उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्