पोखराको मदतानस्थलमा अर्काे शक्तिशाली विस्फोट,सबैको भागाभाग, यस्तो छ थप अपडेट

Machchapuchchre

काठमाडौं । कास्की क्षेत्र नं. २ को अर्काे मदतानस्थलमा पनि बम विस्फोट भएको छ । पोखरा महानगरपालिका-१६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै बम विस्फोट भएको हो । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ । यसअघि पोखराका ३ मतदान स्थलमा बम विस्फोट भएको थियो । तर, क्षति भने नभएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

पोखरा-३३ भरतपोखरीस्थित शान्ति उदय मावि, नयाँबजारको नवप्रभात र पोखरा-१६ कै शान्ति माविको मतदान स्थल नजिक बम विस्फोट भएको हो । उपचुनावको तयारी सुरू भएयता पोखरामा अज्ञान समूहले निरन्तर बम विस्फोट गराइरहेको छ । यसअघि उम्मेदवारी दर्ताको दिन निर्वाचन कार्यालय नजिक, नेकपाको चुनावी सभा नजिकै र एक वडाध्यक्षको घरमा पनि विस्फोट भएको थियो ।

यसैबीच प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि भएको उपचुनावमा मतदान जारी छ । दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उपचुनाव भएको प्रतिनिधिसभाको एक मात्र क्षेत्र कास्की- २ मा ४५ प्रतिशत मत खसेको छ । एउटा मात्रै उपमहानगरपालिका धरानमा २ बजेसम्म ४५ प्रतिशत मत मात्रै खसेको छ ।

आज शनिबार प्रतिनिधि सभाको कास्की क्षेत्र नं. २, प्रदेशसभातर्फ बागलुङ २ (ख), भक्तपुर १ (क) र दाङमा ३ (ख)मा मतदान भइरहेके छ । यस्तै, धरान उपमहानगरपालिका, मकालु, पिपरा, फाल्गुनन्द गाउँपालिकामा प्रमुख, खार्पुनाथ गाउँपालिकामा उपप्रमुख र ४३ वडाध्यक्षका लागि मतदान जारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्