सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न हतार गर्नहुँदैन : प्रचण्ड

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वार्ता र छलफलबाटै सीमा विवाद हल गर्नुपर्ने दोहोर्‍याएका छन् । बिहीबार धनगढीमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र छलफलबाटै सीमा विवाद अन्त्य हुने भएकाले अन्तर्राष्ट्रियकरण गर्न हतार गर्न नहुने बताए । ‘हामीले पहिला राजनीतिक र कूटनीतिक पहल गरेर संवादबाट यो समस्या समाधान गर्ने […]

विपक्षी दलकी वरिष्ठ नेता न्यान्सीले भनिन्- अब ट्रम्पविरुद्धको महाभियोग अघि बढ्छ

काठमाडौं । अमेरिकामा संसदको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख एवं विपक्षी दलकी वरिष्ठ नेता न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध शक्तिको दुरुपयोगको आरोपमा महाभियोग लगाइने बताएकी छन्। राष्ट्रपति ट्रम्पले चाहिँ आरोप गलत भएको भन्दै चाँडो यो प्रक्रिया टुँग्याएर देशका मुद्दामा केन्द्रीत हुन आग्रह गरेका छन् । पेलोसीले अमेरिकाको प्रजातन्त्र दाउमा परेको भन्दै राष्ट्रपतिले अन्य विकल्प आफ्ना सामु […]

कालापानी प्रकरणमा सत्तारुढ नेकपाले नयाँ नक्सा जारी गर्न लगाउने

काठमाडौं । भारतले गत कात्तिक २ गते जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र नालापानीलाई समेत समेटेको विषयले चर्को रुप लिइरहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ नक्सार तयारी गरी वितरण गर्न सरकारलाई आग्रह गरेको छ । श्रोतका अनुसार नेकपाले पार्टीगत निर्णय नै गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलाई नेपालको नक्सा […]

उपनिर्वाचनका लागि जारी भएको आचारसंहिता समाप्त

निर्वाचन आयोगले उपनिर्वाचनको लागि लागू भएको आचारसंहिता समाप्त भएको जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी कात्तिक ८ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता आयोगको मङ्सिर १७ गतेको निर्णयानुसार कार्यान्वयनको समय समाप्त भएको आयोगले जनाएको छ । आयोगले मौन अवधिमा पालना गर्नुपर्ने आचारणबमोजिम विभिन्न राजनीतिक दल तथा उम्मेदवारले […]

न्याय परिषद सदस्य वैदिकद्वारा राजीनामा

काठमाडौँ । न्याय परिषद सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पदबाट राजीनामा दिएका छन् । सदस्य वैदिकले नेपालको संविधान २०७२ को धारा धारा १५३ को उपधारा (३) तथा धारा १३१ को देहायको (क) बमोजिम बुधबारबाट लागू हुनेगरी राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारीज्यू समक्ष श्री पदमप्रसाद वैदिकले नेपालको संविधान २०७२ […]

प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज

काठमाडौं । स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालले डिस्चार्ज गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओलीलाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो । उनलाई दिउँसो ३ : ४५ बजे अस्पतालले डिस्चार्ज गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। अस्पतालले डिस्चार्ज गरेपछि प्रधानमन्त्री ओली बालुवाटार निवासमै आराम गर्ने भएका छन्। ओलीको […]

शुक्रबार र शनिबार कलंकीदेखि कोटेश्वरसम्म चार घण्टा सवारी चलाउन नपाइने

काठमाडौं । भोलि शुक्रबार र पर्सी शनिबार चार घण्टा कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्मको मुख्य लेनमा सवारी साधन चलाउन ट्राफिक प्रहरीले रोक लगाउने भएको छ। मुख्य लेनमा सवारी साधन चलाउन रोक लगाउँदै ट्राफिक प्रहरीले दायाँ बायाँको सर्भिस लेनमा भने अनुमति दिएको छ। साग खेलकुदमा यी दुई दिन सो सडक खण्डमा साइक्लिङ हुदैँछ। त्यसका लागि नै मुख्य […]

नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनका बागलुङ सचिव गिरफ्तार

बागलुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठन नेपालका जिल्ला सचिवलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपाले दिएको जानकारी अनुसार । युवा सङ्गठन बागलुङका सचिव रमेश अविरल बुधबार गिरफ्तार परेका हुन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबारअविरललाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको उक्त सङ्गगठनले जनाएको छ । उनको […]

प्रधानमन्त्री ओलीलाई एक–दुई दिनमै डिस्चार्ज गर्ने चिकित्सकहरूको तयारी

काठमाडौँ । उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक/दुई दिनमै अस्पतालबाट डिस्चार्ज गरिने जनाएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको र यस्तै सुधार जारी रहे डिस्चार्ज गर्न सकिने उनीहरूले जनाएका हुन् । ‘सुधारको स्थिति यस्तै कायम रहे र एक्कासि कुनै जटिलता नथपिए, प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिनेछ’, उपचारमा संलग्न एक चिकित्सकले  भने । प्रधानमन्त्री ओलीलाई […]

भुटानमाथि नेपालको ऐतिहासिक जित, कप्तान मल्ल यसरी चम्किए

काठमाडौं । नेपालले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाएको खेलमा ऐतिहासिक जीत निकालेको छ । नेपालमा जारी १३‌ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत विहीवार(आज) को खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो अन्तर टि ट्वान्टीमा नेपालले हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो । यसअघि नेपालले […]