कालापानी प्रकरणमा सत्तारुढ नेकपाले नयाँ नक्सा जारी गर्न लगाउने

Machchapuchchre

काठमाडौं । भारतले गत कात्तिक २ गते जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र नालापानीलाई समेत समेटेको विषयले चर्को रुप लिइरहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ नक्सार तयारी गरी वितरण गर्न सरकारलाई आग्रह गरेको छ ।

श्रोतका अनुसार नेकपाले पार्टीगत निर्णय नै गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलाई नेपालको नक्सा तयार गरी वितरण गर्न भनेको छ । नेकपा सचिवालय सदस्य बामदेव गौतमको भनाइ उल्लेख गर्दै राससले लेखेको छ, ‘हामी अरु देशको एक इञ्च भूमि पनि लिँदैनौ र हाम्रो भूमि पनि छाड्दैनौं । त्यसका लागि सरकारको सम्बन्धित मन्त्रालयले आवश्यक पहल गरेर नक्सा सार्वजनिक गर्नेछ ।’

त्यसक्रममा नेकपा नेता गौतमले सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्रीको विशेष दूतको रुपमा वरिष्ठ नेता माधवकुमार नेपाल भारत जाने पनि तय भइसकेको जानकारी दिएका छन् । नेपाल र भारतबीच लामो समयदेखि करिब १ सय ठाउँमा सीमासम्बन्धी विवाद चल्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्